सिन्धुलीगढी युद्धमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २०:४९:१२
२६ पुष, सिन्धुली । अङ्ग्रेस फौजसँग भएको लडाइँमा प्रयोग गरिएका घरेलु हतियार सेनालाई बुझाउने क्रम जारी रहेको छ । आज दुई भाले खुडा र एउटा तरबार सेनालाई बुझाइएको हो ।
विसं १८२४ मा भएको अङ्ग्रेजसँगको लडाइमा पूर्खाले प्रयोग गरेका घरेलु हतियार सङ्कलन गर्ने क्रम जारी रहेको कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले जानकारी दिए । खत्रीले आज आफ्नो घरमा भएको एउट भाले खुडा र एक थान तरबार तथा भद्रकालीमा हरि थापाको घरमा रहेको भाले खुडा ९ नम्बर बाहिनीपति धु्रव शाहलाई हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरणपछि प्रमुख खत्रीले लडाइँका क्रममा प्रयोग भएका घरेल हतियारको खोजी गर्ने काम भइरहेको बताए । नेपाली सेनासँग सहकार्य गरेर नगरवासीका घरमा भएका पुख्र्यौंली घरेलु हतियार सङ्कलन गर्ने र ऐतिहासिकस्थल सिन्धुलीगढीमा युद्ध सङ्ग्राहलयमा राखिनेसमेत उनले जानकारी दिए ।
यस्तै ९ नम्बर बाहिनीका बाहीनीपति शाहले युद्ध सङ्ग्रहालय निर्माणको काम अन्तिमचरणमा पुगेको बताए। तत्कालीन अङ्ग्रेजसँगको लडाइँका क्रममा प्रयोग भएका घरेलु हतियारको खोजी गर्ने कार्य भइरहेको उनको भनाइ छ । हालसम्म सात खुडा, खुकरी र एउटा धनुषबाण जम्मा भएको जानकारी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार