प्रधानमन्त्रीको गृहनगरमा बयलगाडा प्रदर्शनसहित बिरोध र्याली
नेपालबहस संवाददाता
पुस २६, २०७७ आइतबार २१:३:१
२६ पुष, दमक । सरकारको असंबैधानिक कदमका बिरुद्धमा चरणबद्ध रुपमा देशब्यापी आन्दोलनमा होमिएको नेपाली कांग्रेसले हिजो देशैभरका ३३० प्रदेशसभाहरुमा प्रदेशसभा स्तरीय बिरोध सभाको आयोजना गरेको थियो । सोही क्रममा झापा जिल्ला क्षेत्र नं. ५ प्रदेशसभा “ख” अन्तर्गत प्रधानमन्त्री केपी ओलीको गृहनगरमा नेपाली कांग्रेसले सांकेतिक बिरोधका रुपमा बयलगाडा जुलुस निकालेको छ ।
नेपाली कांग्रेस दमक नगर समितिको कार्यालयबाट शुरु भएको उक्त बयलगाडा जुलुस दमक चौक, जेसिस चौक, देवकोटा चौक, शंखधर शाख्वा चौकहरुमा कोणसभा गर्दै दमकको नमूनामार्गमा पुगेर अन्तिम कोणसभामा परिणत भएर समापन भएको थियो ।
हिजो शनिवार देशका ३३० वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा एकैसाथ गरेको बिरोध र्यालीको दमकमा देखिएको प्रक्रिया भने नितान्त नौलो र फरक प्रकृतिको रहेको थियो । देशका बिभिन्न स्थानमा भएका बिरोध कार्यक्रमहरुमा वर्तमान कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको गलत कदम र संसद बिघटनका बिरुद्धमा केन्द्रित रहेको थियो ।
नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको प्रत्यक्ष असर वर्तमान नेपालको संबिधान र संबिधान प्रदत्त अधिकारमा प्रत्यक्ष रुपमा परेको छ । सरकार आफ्नाे लाज लुकाउने अस्त्रका रुपमा आफ्नाे अधिकारको गलत प्रयोग मात्र हैन चरम दुरुपयोग समेत गरिरहेको छ । सरकारको यो कदमका बिरुद्ध अहिले नेकपा ओली गुट बाहेक देशमा क्रियाशिल सबै राजनैतिक दलहरु सरकारको गलत कदम सच्याईनु पर्छ भन्दै सडक आन्दोलमा होमिएका छन् ।
सो कोणसभालाई नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा झापा कांग्रेसका एकमात्र जीवित धरोहर पूर्णानन्द शर्मा, झपा जिल्ला सहसचिव राजेन्द्र भण्डारी, जिल्ला सदस्य रवि के.सी., महासमिति सदस्यहरु क्रमशः सुरेश सुब्बा, दिलबहादुर बुढाथोकी, शेरबहादुर भट्टराई, क्षेत्र नं. ५ का क्षेत्रिय सभापति ढुण्ढिराज भण्डारी, दमक नगर सभापति रोशन बिष्ट, नेपाल महिला संघकी क्षेत्रिय सभापति रेगिना भट्टराई प्रसाई, महिला संघ दमक नगर सभापति मन्धरा पौडेल लगायतले संबोधन गरेका थिए ।
संबोधनका क्रममा बक्ताहरुले वर्तमान सरकारको अलोकतान्त्रिक तथा गैरसंबैधानिक कदमको चर्को बिरोध गरेका थिए । सरकारको गलत कदमलाई सर्बोच्च अदालतबाट सच्याइने आशा राख्दै बक्ताहरुले देशमा परिवर्तनको कुनै क्लेश पनि जनतामा दिन नसकेपछि लाचार भएर प्रधानमन्त्री ओलीले आप्mनै पार्टीलाई अवसान गराउँदै अहिले सिंगो ब्यवस्थामाथि धावा बोलिरहेको कुरामा आक्रोश ब्यक्त गरेका थिए ।
देशमा भ्रष्टाचारले चर्कोे उपस्थिति जनाईसक्दा पनि वर्तमान सरकारले भने आफ्नाे उपस्थिति गुमाईसकेको कोणसभामा बोल्ने बक्ताहरुको धारणा रहेको थियो । लोकतान्त्रिक ब्यवस्थामा मुलुकको मुटु भनेकै संबिधान हो, संबिधानलाई मिचेर कसैले पनि लोकतन्त्रलाई कमजोर पार्न नहुने अधिकांश बक्ताहरुको सामूहिक भावना रहेको थियो । सरकार जनताका लागि नभई भ्रष्ट र दलालहरुका लागि मात्रै भएको र वर्तमान देशको बिकास गति बयलगाडाको भन्दा पनि सुस्त देखिएकोले त्यसैको सांकेतिक बिरोध स्वरुप बयलगाडा जुलुस निकालेको नेपाली कांग्रेसका क्षेत्रिय सभापति ढुण्ढिराज भण्डारीले बताए ।
प्रदेशसभा “ख” का सभापति पदम लिम्बुको अध्यक्षतामा सम्पन्न भएको उक्त बिरोध र्यालीको सञ्चालन नेपाली कांग्रेसका क्षेत्रिय सचिवहरु धर्मानन्द भट्टराई र चुडेन्द्र खड्काले गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार