जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोवार ६ करोड !
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १७:१६:२७
२७ पुष, खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा सञ्चालित जनसेवा बचत तथा ऋण सहकारी संस्थाको वार्षिक कारोवार करिब रु छ करोड पुगेको छ । विसं २०४८ मा प्रतिव्यक्ति मासिक रु दुई जम्मा गर्ने गरी शुरु गरिएको अहिले वार्षिक बचत रु पाँच करोड ७४ लाख ५४ हजार ४६९ पुगेको हो ।
नियमित बचत गर्ने र आयमूलक काममा लगानी गर्दै जीविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले स्थानीयवासीको पहलमा साक्षरता कक्षामा सहभागी महिलामार्फत सहकारी संस्था स्थापना गरिएको थियो । सहकारीको आफ्नै भवन जालपामा शनिबार सम्पन्न २४ औँ साधारणसभामा सहकारीको निक्षेप रु तीन करोड ८८ लाख ७० हजार ७७२ पुगेको जानकारी दिइएको छ ।
शेयर पूँजी रु ४४ लाख १० हजार ५५०, रु तीन करोड २३ लाख ६६ हजार १५७ कर्जा लगानी गरेको र रु चार करोड ५० लाख ४० हजार १५८ ऋण असुली गरेको आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको छ । आर्थिक वर्ष २०७७/०७८ मा शेयर पूँजी एक करोड पुर्याउने लक्ष्यका साथ यस वर्ष रु सात लाख ६१ हजार ८५ लाभांशलाई शेयर पूँजीमा रूपान्तरण गरिएको सहकारीका अध्यक्ष ध्रुव श्रेष्ठले जानकारी दिए।
बिना धितो रु एक लाखसम्म ऋण उपलब्ध गराउँदै आएको सहकारीको साधारणसभामा शेयर पूँजी वृद्धिका लागि शेयर पूँजी अभिवृद्धि कार्यायोजना पास गरिएको अध्यक्ष श्रेष्ठले बताए। “गत वर्षसम्म प्रतिशेयरको मूल्य रु ११४ थियो । अहिले प्रतिशेयर मूल्य रु १२१ पुर्याइएको छ”, अध्यक्ष श्रेष्ठले भने, “यसअघिसम्म प्रतिव्यक्ति १०० कित्ता शेयर किन्नुपर्ने व्यवस्था रहेकोमा यस वर्षबाट बढाएर प्रतिव्यक्ति १५० कित्ता शेयर किन्नुपर्ने व्यवस्था निर्धारण गरेका छौँ ।”
साधारणसभामा सहकारीका अध्यक्ष श्रेष्ठले सहकारीको वार्षिक प्रगति प्रतिवेदन, शेयर अभिवृद्धि कार्ययोजना र ऋण तथा बचत नीतिलगायतका कार्यक्रम प्रस्तुत गरेका थिए। वडाअध्यक्ष विकास राईको प्रमुख आतिथ्यमा सम्पन्न साधारणसभाले चालु आवको अनुमानित बजेट तथा कार्यक्रम र लेखा परीक्षण प्रतिवेदन पास गरेको छ ।
यस्तै ‘बुढेसकालको सहारा मेरो मुद्धति खाता’ र ‘मेरो नानीबाबुलाई मुद्धति खाता’ सञ्चालन गर्ने निर्णय गरिएको सहकारीले जनाएको छ । व्यापार, कृषि, पशुपालन, उद्यम, उच्च शिक्षा, प्रकोप उद्धार, घर मर्मत तथा निर्माण, काजकिरिया, उपचारलगायतका शीर्षकमा १५ प्रतिशत ब्याजका दरले ऋण प्रवाह गर्दै आएको छ ।
सहकारीले नियमित बचत, ऐच्छिक बचत, ऋण परिचालन, आवधिक बचत, स्वास्थ्य कोष, मनिट्रान्सफरलगायतका सेवा प्रवाह गर्दै आएको छ । हालसम्म जालपा, खार्मी र हौंचुरलाई कार्यक्षेत्र बनाएको सहकारीले चालु आवदेखि माक्पा र सप्तेश्वरमा समेत कारोवार शुरु गर्ने तयारी गरेको छ । हाल जालपा, खार्मी र हौंचुरका १०१ बचत समूहका एक हजार ३७२ शेयर सदस्य रहेको सहकारीले दैनिक रु पाँच लाख रेमिट्यान्स कारोवार गर्दै आएको छ । पन्ध्र वडा रहेको यस नगरपालिकाका नागरिकलाई बचत गर्ने बानीको विकास गर्दै आयआर्जनमा वृद्धि गराउन ‘एक वडा, एक सहकारी’को नीतिसमेत पारित गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार