बरेङमा ‘बुहारी स्वागत कार्यक्रम’
नेपालबहस संवाददाता
पुस २७, २०७७ सोमबार १९:३१:३८
२७ पुष, बागलुङ । बरेङ गाउँपालिकाले छोरीबुहारीलाई उच्च शिक्षा र बाल विवाहमुक्त स्थानीय सरकारको लक्ष्यमा टेवा दिन ‘बुहारी स्वागत कार्यक्रम’ शुरु गरेको छ । लक्षित वर्ग उत्थानअन्तर्गत सो कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका सहायक महिला विकास निरीक्षक निशा गिरीले जानकारी दिइन् ।
उनका अनुसार आइतबारदेखि गाउँपालिकाका सबै वडामा ‘बुहारी स्वागत कार्यक्रम’ लागू गरिएको छ । “गत वर्षको पुस २६ गते यता विवाह भएर आएका बुहारीमध्ये तोकिएको मापदण्ड पूरा गर्ने मात्र स्वागत तथा सम्मानका लागि छनोट हुन्छन्”, उनले भनिन् ।
गाउँपालिकाले बनाएको मापदण्डअनुसार सम्बन्धित वडाले ‘बुहारी स्वागत कार्यक्रम’ सञ्चालन गर्ने बताइएको छ । नवविवाहित बुहारीले स्वागत तथा सम्मान पाउन कम्तीमा ८ कक्षासम्म उत्र्तीण गरेको, स्थानीय पञ्जिकाधिकारीसमक्ष विवाह भएको ३५ दिनभित्र विवाह दर्ता भएको र दुलाहादुलही कम्तीमा सो गाउँपालिकाको फरक वडाको हुनुपर्ने प्रावधान राखिएको छ ।
सम्बन्धित वडाको निर्णयअनुसार नवविवाहित बुहारी छनोट गरी प्रत्येक महिना एक समारोहको आयोजना गरी स्वागत तथा सम्मान गरिने भएको हो । उक्त कार्यक्रममा स्थानीय स्वास्थ्यचौकी, आमा समूह, क्लबका प्रतिनिधि र सेवा क्षेत्रभित्रका विद्यालयका प्रधानाध्यापकलाई अनिवार्य उपस्थित गराउनुपर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताए ।
बुहारी उपहारमा नवविवाहित जोडीका लागि उपयोगी हुने पारिवारिक जीवनसँग सम्बन्धित पुस्तक, पारिवारिक योजना निर्माणका लागि चाहिने डायरी, कापी, कलम, स्वास्थ्य एवं सरसफाइसम्बन्धी सामग्री र सम्मान्प्र–शंसापत्र प्रदान गरिनेछ । नवविवाहित बुहारीलाई सामाजिकीकरण गराउन, सु–संस्कृत एवं सभ्य समाज निर्माणमा प्रेरित गर्न र आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य गराउन कार्यक्रमले मद्दत गर्ने विश्वास लिइएको छ ।
यस्तै तोकिएको समयमा विवाह दर्ताका लागि प्रोत्साहित गर्नाका साथै व्यक्तिगत तथा पारिवारिक स्वास्थ्य तथा सरसफाइमा जोड दिन कार्यक्रमले सघाउने प्रमुख प्रशासकीय अधिकृत थापाको भनाइ छ । गाउँपालिकाले कोही पनि छोरीबुहारी पढाइबाट वञ्चित हुनु नपरोस् भनेर ‘गाउँपालिकाको इच्छा, छोरीबुहारीलाई उच्च शिक्षा’को सोचसहित विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ । ‘गाउँपालिकाको एउटै सन्देश, बाल विवामुक्त हाम्रो सरकार’को लक्ष्यलाई पनि सँगै अघि बढाइएको छ ।
‘उज्यालो बाल बचत’ कार्यक्रममाफत गाउँपालिकाले छोरी जन्मे २० वर्षसम्म मासिक रु एक सय बालिकाको खातामा जम्मा गरिदिन्छ । यस्तै छोरा जन्मेमा भने एकैपटक मात्र रु एक हजार उपलब्ध गराउने गरेको छ ।
शिशुको आमाको विवाह गर्ने उमेर पुगेको, गर्भवती रहँदा नियमित स्वास्थ्य संस्थामा स्वास्थ्य परीक्षण गराएको, स्वास्थ्य संस्थामा सुत्केरी भएको र शिशु जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराएमा मात्र उज्यालो बाल बचत कार्यक्रममा सहभागी गराइन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपथाङ्काबाट वार्षिक १५ लाख आम्दानी
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पहाड र तराईका केही स्थानमा हुस्सु र तुवाँलो, हवाइ क्षेत्र प्रभावित हुने
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार