सरकारले सहकारीका सबै समस्या एउटै टेबलबाटै समाधान गर्ने : अर्थमन्त्री
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार १:५०:१५
२७ पुष, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सहकारी अभियान समाजवाद निर्माणको जगका रुपमा रहेकाले यस क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले सार्थक पहल गर्ने विश्वास व्यक्त गरेका छन् । अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रुपमा रहेको सहकारी अभियानले अब गुनासो गर्न छाडेर आफ्नो जिम्मेवारी पूरा गर्ने वातावरण बनाउन आग्रह गरे । “सरकारका तर्फबाट सम्बोधन गर्नुपर्ने विषयलाई हामी एउटै टेबलमा बसेर समाधान गर्न तयार छौँ ।
त्यसका लागि तपाईंहरु तयार हुनुहोला । अब गुनासो गर्ने होइन, अग्रगामी रुपमा अगाडि बढ्ने हो”, उनले राष्ट्रिय सहकारी महासंघको २८औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै भने । मन्त्री पौडेलले आवश्यक परे प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गर्भनरसहित सहकारी अभियानकर्मीको सामूहिक र एकीकृत छलफल गरी समस्या समाधानमा पहल गरिने बताए ।
उनले भने, “गुनासोले मात्र गन्तव्यमा पुगिँदैन । सरकारले के गर्नुपर्ने हो, अभियानबाट योजना बनाउनुस्, त्यसको समाधान गरेर अगाडि बढौँ ।”भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले महासङ्घले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधान उपाय खोज्न आग्रह गरिन । उनले सहकारीमैत्री नरहेका कानून संशोधनको प्रक्रिया अगाडि बढाउने विश्वास व्यक्त गरिन।
साधारणसभामा पूर्वमन्त्री केशवप्रसाद बडालले लेख्नुभएको १६औँ पुस्तक समाजवाद र महासङ्घले प्रकाशन गरेको सहकारीका सिद्धान्तको मार्गदर्शन सार्वजनिक गरिएको थियो । साधारणसभामा महासंघका अध्यक्ष मीनराज कँडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ,भने लेखा सुपरीवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजीबी राईको पासपोर्ट रद्द गर्न राहदानी विभागलाई प्रहरीको पत्र
जेठ १, २०८१ मंगलबार
जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख
बैशाख २४, २०८१ सोमबार
स्वर्णलक्ष्मी सहकारीका ५२८ जना पीडितले कालिमाटी प्रहरीमा दिए उजुरी
बैशाख १६, २०८१ आइतबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
डीआईजी बढुवाको छलाङले प्रहरीमा चरम नैराश्यता, विवादको घेरामा लामिछाने
जेठ ५, २०८१ शनिबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ताइवानको संसदमा सांसदहरुबीच हानाहान !
जेठ ५, २०८१ शनिबार
मेची भन्सारद्वारा रु एघार अर्ब ५९ करोड राजस्व संकलन
जेठ ६, २०८१ आइतबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण सेतीमा पक्की पुलको काम अलपत्र
जेठ ६, २०८१ आइतबार
रुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
कार्यदलको बैठक छाडेर संसदीय दलको कार्यालयमा आए कार्की र परियार
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार