दमक कांग्रेसले मनायाे बनभोज तथा राष्ट्रिय एकता दिवस
नेपालबहस संवाददाता
पुस २७, २०७७ मंगलबार २:३७:३०
२७ पुष, काठमाडौं । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्टीमा समेत बृहद एकताको सन्देश बोकेर नेपाली कांग्रेस दमक नगर समितिले आज भब्य बनभोज कार्यक्रम सम्पन्न गरेकाे छ । वर्तमान ओली सरकारका गैर संबैधानिक कदम तथा लोकतन्त्र माथिको हस्तक्षेत्रका विरुद्धमा पार्टीले सञ्चालन गरिरहेका आन्दोलनहरुको समिक्षा र भावी रणनिति तैयार गर्न समेत नगर क्षेत्रभित्र बसोबास गरिरहेका नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको भेला गर्न आवश्यक ठानिएकोले पनि यो बनभोज कार्यक्रम आयोजना गरिएको हाे ।
बिगत बर्षहरुमा झै यस बर्ष पनि नेपाली कांग्रेसले नगर स्तरीय बनभोज कार्यक्रमको आयोजना गरेको हो । नेपाली कांग्रेसका दमक नगर क्षेत्रका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको संयुक्त पहलमा पार्टीले गरेका बर्षभरिका कामहरुको समिक्षा र भावी रणनीति निर्माणका लागि तैयारी गर्ने थलोको रुपमा दमक कांग्रेसले बनभोज कार्यक्रमलाई लिने गरेको दमक कांग्रेसका नेताहरुको भनाई रहेको छ ।
बनभोज कार्यक्रममा बिगत बर्षहरुमा भन्दा यस बर्ष पार्टीको थप कार्यभार समेत थपिएको नेपाली कांग्रेसका युवा नेता पर्शुराम रिजालले नेपाल बहश डटकमलाई बताए । उनी भन्छन्, सधैं साथिहरुसँग रमाईलो गर्दै मनाईने बनभोजमा यस बर्ष सरकारको असंबैधानिक र अलोकतान्त्रिक कदमको बिरुद्धमा कसरी एकताबद्ध भएर प्रतिकारमा उत्रने भन्ने चिन्ता थपिएको छ ।
यसका लागि बृहद नागरिक एकताको खाँचो रहेको देखाउँदै नेता रिजालले आजको बनभोज कार्यक्रमले केहि महत्वपूर्ण कार्यक्रमहरु समेत तैयार गर्ने आफुले अपेक्षा गरेको बताए । बनभोज यसैमा पनि रमाईलो गर्ने, मनोरञ्जन गर्ने र आफ्ना भावनाहरु साटासाट गर्ने थलो हो । यसलाई नेपाली कांग्रेस दमकले निरन्तरता दिंदै आईरहेको छ ।
बनभोज कार्यक्रममा नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति तथा दमक कांग्रेसका अभिभावक बयोबृद्ध नेता पूर्णानन्द शर्मा, केन्द्रीय सदस्य तथा पूर्व मन्त्रि केशब कुमार बुढाथोकी, झापा जिल्ला समितिका नेताहरु, महासमिति सदस्यहरु, महाधिबेशन प्रतिनिधिहरु, क्षेत्रिय सभापति, महिला संघ, तरुण दल, नेपाल बिद्यार्थी संघ, पेशागत संघसंस्थाका प्रतिनिधिहरु, दमक नगर समितिका सभापति लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु सहित हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको उक्त बनभोज कार्यक्रम भट्टराई कुलबंश प्रतिष्ठानको केन्द्रिय कार्यालय बशिष्ठ आश्रम दमक ४ मा सम्पन्न भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार