बुक विल्डिङमार्फत् आईपीओ जारी गर्ने यी हुन् चार कम्पनी
नेपालबहस संवाददाता
माघ १, २०७७ बिहिबार १८:४७:३४
१ माघ काडमाडौं । बुक विल्डिङ विधिमार्फत् चार कम्पनीले आईपीओ जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले बुक विल्डिङ विधिबाट साधारण शेयर (आईपीओ) जारी गर्ने व्यवस्था गरेसँगै सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले आईपीओ निष्कासन गर्ने भएका हुन् ।
बोर्डले गरेको सोही व्यवस्थापश्चात सर्वोत्तम सिमेन्ट, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्ट कम्पनी बुक विल्डिङ मार्फत् आईपीओ निष्कासनको तयारीमा जुटेका छन्
सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट आइपीओ जारी गर्न यहि माघ ६ गते साधारणसभा बोलाएको छ । कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ छ । त्यसको १० प्रतिशत अर्थात ४० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले साधारणसभामा धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन बुक विल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारणसभाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन बुक विल्डिङ विधिबाट गर्ने प्रस्ताव पारित गरेपश्चात कम्पनी आईपीओ निष्कासनको अनुमति माग्दै बोर्ड जानेछ ।
त्यस्तै, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले पनि प्रिमियममा अर्थात बुक बिल्डिङ प्रणालीबाट आईपीओ नियकाशन गर्ने तयारीमा जुटेको छ । कम्पनीले माघ २२ गते साधारणसभा बोलाएको छ । त्यस्तै, अर्घाखाँची सिमेन्ट र घोराही सिमेन्टले पनि बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने तयारीमा लागेका छन् ।
अहिले सेयर बजारमा सूचीकृत सिमेन्ट कम्पनीमा शिवम् सिमेन्ट मात्रै रहेको छ । पहिला हिमाल सिमेन्ट रहेको थियो । अब भने सेयर बजारमा उत्पादन मुलक कम्पनीको प्रतिनिधित्व बढने क्रममा रहेको छ । जसले बजारलाई चलायमान गराउने र बजारप्रतिको आशा तथा विश्वास पनि बढाउने अपेक्षा रहेको लगानीकर्ताको भनाइ रहेको छ ।
के हो बुक बिल्डिङ ? कसरी कार्यान्वयन हुन्छ ?
बुक बिल्डिङ कुनै पनि शेयरको किताबी मूल्य निर्धारण गर्ने प्रक्रिया हो । हालसम्म सामान्यतया आईपीओहरुको किताबी मूल्य यसको अंकित मूल्य बराबर राख्दै आईपीओ बिक्री गर्ने व्यवस्था रहेकोमा त्यसरी शेयर बिक्री गर्न नचाहनेहरुलाई नयाँ किताबी मूल्य तय गर्ने पद्दति नै बुक बिल्डिङ हो ।
यो प्रक्रियामार्फत् महँगो मूल्यमा आईपीओ जारी गर्ने चाहना भएका योग्य कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको परामर्श गरेर प्रारम्भिक विवरणपत्र तयार गर्नुपर्छ । उक्त विवरणपत्रमा अन्य साधारण विवरणपत्रमा उल्लेख भएका सबै विवरणका अतिरिक्त बुक बिल्डिङमार्फत् कति शेयर बिक्री गर्ने हो, त्यसको संख्या, धितोपत्रको अनुमानित मूल्य र त्यस्तो मूल्याङ्कनको आधार तयार र औचित्यसमेत उल्लेख गर्नुपर्छ ।
त्यसरी तयार हुने विवरणपत्रलाई शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुसँग छलफल समेत गर्नुपर्छ । त्यस्तो छलफलका क्रममा त्यसरी शेयर बिक्री गर्न चाहने कम्पनीले आफ्नो विगत ३ वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण लगानीकर्ताहरुलाई उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ । साथै सो छलफलपछि शेयर निष्कासन गर्न चाहने कम्पनीले योग्य लगानीकर्ताहरुसँग उनीहरुले किन्न चाहेको न्यूनतम शेयर संख्या, त्यसको आशय मूल्य र त्यसरी मूल्य निर्धारणको आधार समेत पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यदि कम्तीमा १० जना संस्थागत लगानीकर्ताबाट त्यस्तो मूल्य प्राप्त भएपछि सो मूल्यका आधारमा शेयरको आधारमूल्य निर्धारण हुनेछ । सो आधार मूल्यको २० प्रतिशत घटबढ भएर मात्रै त्यस्तो बोलकबोलमा सहभागी हुन पाइने व्यवस्था गरिएको छ । त्यसो हुन नसकेमा फेरि संस्थागत लगानीकर्ताहरुबाट फेरि अर्को प्रस्ताव आह्वान गर्नुपर्नेछ । संस्थागत लगानीकर्तासँग छलफल गरेर आधारमूल्य तय भएपछि मात्रै धितोपत्र बोर्डले यस्तो शेयर निष्कासनका लागि अन्तिम स्वीकृति दिनेछ ।
धितोपत्र बोर्डले स्वीकृति दिएको एक सातापछि शेयरको बोलबकोल बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । त्यसका लागि स्वचालित विद्युतीय बोलकबोल विडिङ प्रणाली लागु गर्नुपर्ने व्यवस्था गरिएको छ । तर त्यो व्यवस्था नभएसम्मका लागि शिलबन्दी बोलपत्रमार्फत् त्यस्तो खरिदबिक्री गर्न सकिने व्यवस्था समेत गरिएको छ । त्यसरी हुने बोलकबोलमा ‘कटअफ’ मूल्यभन्दा धेरैमा बोलकबोल गर्ने संस्थागत लगानीकर्ताले त्यस्तो शेयर प्राप्त गर्न सक्नेछन् ।
कुनै कम्पनीले यो प्रक्रियामार्फत् शेयर बिक्री गर्दा कुल बिक्री हुने शेयरलाई १०० प्रतिशत मानेर त्यसको ४० प्रतिशत मात्रै यो प्रणालीबाट संस्थागत लगानीकर्तालाई बिक्री गर्नुपर्छ । बाँकी ६० प्रतिशत भने त्यसरी कटअफ मूल्यमा १० प्रतिशत छुट दिएर आम सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नुपर्ने व्यवस्था गरिएको छ ।
यसरी शेयर निष्कासन गर्दा निष्कासन गर्न चाहने कम्पनीले अनिवार्य रुपमा धितोपत्र प्रत्याभूतिकर्ताको व्यवस्था गर्नुपर्ने समेत धितोपत्र बोर्डले जारी गरेको निर्देशिकामा उल्लेख गरिएको छ । तर त्यस्तो प्रत्याभूति सर्वसाधारण लगानीकर्तालाई जारी शेयरका हकमा मात्रै लागु हुने व्यवस्था गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार