नेप्सेमा यी दुई कम्पनीको शेयरमूल्य समायोजन ?
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १६:१४:५१
२ माघ, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ। आज शुक्रबार नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजना गरेको हो।
यी दुबै कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ शेयरमूल्य तोकेको हो। नेप्सेले तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो।
समायोजनपश्चात बैंकको शेयरमूल्य १८६ रुपैयाँ तोकिएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा समायोजन गरेको हो। बुधबार बैंकको शेयर प्रतिकित्ता १९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
त्यस्तै, नेशलन लाइफ इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनस शेयर समायोजन गरी नेप्सेले नयाँ मूल्य तोकेको हो। इन्स्योरेन्सको समायोजित शेयरमूल्य १ हजार ६४ रुपैयाँ रहेको छ।
बुधबार बैंकको शेयर प्रतिकित्ता १ हजार १७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो। आइतबार यही समायोजित मूल्यलाई आधार मानेर यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेप्सेमा आज उच्च अङ्कको वृद्धि, पाँच अर्ब ८५ करोडको कारोबार
जेठ ७, २०८१ सोमबार
नेप्सेमा उच्च अङ्कको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार
जेठ ६, २०८१ आइतबार
नेप्से आज शून्य दशमलव ७९ अङ्कले उकालो
जेठ ३, २०८१ बिहिबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
जिल्ला अस्पताल हुम्लामा औषधि अभाव, बिरामी खाली हात फर्किन बाध्य
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार