देशभरका ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा विस्तार, बाँकी ४ तहमा कहिले ?
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार १७:१५:१२
२ माघ, काठमाडौं । ७५३ स्थानिय तहमध्ये ७४९ स्थानिय तहमा वाणिज्य बैंकले शाखा विस्तार गरेका छन् । पछिल्लो समय बैंकहरुले प्रतिस्पर्धी रुपमा बजार विस्तार गर्दै आएका छन्। नेपाल राष्ट्र बैंकले बैंक नपुगेका स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउन निर्देशन दिएपछि बैंकहरुले शाखा स्थापना गरेर ती क्षेत्रमा बैंकिङ सुविधा पुर्याउन थालेका हुन्।
संघीय संरचना अनुसार बनाइएका ७ सय ५३ स्थानीय तहमध्ये हालसम्म ७४९ वटा स्थानीय तहमा वाणिज्य बैंकका शाखा स्थापना गरिसकेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ। अब ४ स्थानीय तहमा मात्र बैंकका शाखा पुग्न बाँकि रहेको छ ।
राष्ट्र बैंकको तथ्याङक अनुसार हालसम्म शाखा पुग्न नसकेका स्थानीय तहमा ताप्लेजुङ जिल्लाको मिक्वाखोला, धादिङको रुवी भ्याली, जाजरकोटको जुनीचाँदे र बझाङको काँडा रहेको जनाएको छ ।
राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७७ मंसिरमसान्तमा १४४ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १९ विकास बैंक, २१ वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७७ मंसिरमसान्तमा १००८६ पुगेको राष्ट्र बैंकको तथ्याङकले देखाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकलाई होटल भिन्टेज होमबाट प्रदान गरिने सेवामा विशेष छुट
जेठ ७, २०८१ सोमबार
सिटिजन्स बैंकका सबै कार्डहरू अति सुरक्षित छन्, ढुक्कले चलाउनु भए हुन्छ
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार