दक्ष जनशक्तिको अभावमा चलेन सघन उपचार कक्ष
नेपालबहस संवाददाता
माघ २, २०७७ शुक्रबार २१:४३:३५
२ माघ, लमजुङ । गम्भीर बिरामीको उपचार गर्न बेंसीशहर नगरपालिका–८ स्थित जिल्ला अस्पताल लमजुङमा स्थापना गरिएको भेन्टिलेटरसहितको सघन उपचार कक्ष (आइसियु) उपयोग विहीन बनेको छ ।
गत मङ्सिरमा स्थापना गरिएको भेन्टिलेटरसहितको आइसियु कक्ष दक्ष जनशक्ति अभावले नियमितरुपमा सञ्चालनमा आउन नसकेको हो । गण्डकी प्रदेश सरकारमार्फत अस्पतालमा दुई वटा भेन्टिलेटरसहित पाँच शय्याको आइसियु कक्ष स्थापना गरिएको भए पनि दक्ष र आवश्यक जनशक्ति नहुँदा नियमितरुपमा आइसियु कक्षलाई सञ्चालनमा ल्याउन नसकिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ । आइसियु कक्ष स्थापना गरिएको दुई महिना भए पनि जनशक्ति नआएपछि नियमितरुपमा सञ्चालनमा आउन नसकेको अस्पतालका हेमन्त श्रेष्ठले बताए ।
उनले भने, “जनशक्तिको अभावले सघन उपचार कक्ष सञ्चालनमा आउन नसक्दा कोभिडका बिरामी मर्कामा परेका छन् ।” प्रदेश सरकारको रु एक करोड ६९ लाख आर्थिक सहयोगमा आवश्यक मेशिन खरिद गरे पनि भेन्टिलेटरसहितको सघन उपचार कक्ष दक्ष जनशक्ति तथा आवश्यक चिकित्सकको अभावमा सञ्चालन हुन नसकेको उनको भनाइ छ । प्रमुख श्रेष्ठले भने, “दुई वटा भेन्टिलेटर बल्बल्ल जोड्याैँ तर सघन उपचार कक्ष जोड्ने र सञ्चालन गर्ने दक्ष जनशक्तिको अभावमा सञ्चालन गर्न ढिलाइ भइरहेको छ ।” हामीले प्रदेश सरकारलाई समेत जानकारी गराउँदै आवश्यक जनशक्ति माग गरिए पनि प्रदेशबाट केही सुनुवाइ हुन नसक्दा सघन उपचार कक्ष सञ्चालन अन्योलमा रहेको उनको भनाइ छ । अस्पताल प्रमुख श्रेष्ठका अनुसार भेन्टिलेटरसहितको आइसियु कक्ष सञ्चालनका लागि फिजिसियन चिकित्सक, एनेस्थोसियोलोजिस्ट, तालिम प्राप्त आठ/नौ जना नर्सको आवश्यकता पर्छ । ती जनशक्ति अस्पतालमा छैनन् ।
सघन उपचार कक्ष सञ्चालनका लागि विशेषज्ञ चिकित्सकको आवश्यकता पर्ने भएपनि जिल्ला अस्पतालमा नहुँदा सघन उपचार कक्ष सञ्चालनमा समस्या छ । अस्पतालमा कार्यरत डा र नर्सले सघन उपचार कक्ष सञ्चालनका लागि तालीमको आवश्यकता पर्ने र त्यो तालीम कसैले पनि लिएको छैन । त्यति मात्र नभई अस्पतालमा रहेका चिकित्सक तथा नर्ससमेत सघन उपचार कक्षका लागि खटाउनुपरेमा अन्य बिरामीका लागि डाक्टरको कमी हुने अस्पताल प्रमुख श्रेष्ठले भने । सघन उपचार कक्ष सञ्चालनमा नआउँदा जटिल खालका बिरामी जिल्ला बाहिर जान बाध्य भएका छन् । जिल्लाका कोभिड सङ्क्रमित बिरामी सघन उपचार कक्षको अभावमा बाहिर गएर उपचार गर्न बाध्य भइरहेका छन् । बाहिर गएर उपचार गर्नुपर्दा आर्थिकरुपमा समेत निकै भार ब्योहोरेको उनीहरुको भनाइ छ ।
यता गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यस अस्पतालमा जतिसक्दो चाँडो सघन उपचार कक्ष सञ्चालन गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाएको बताए । सघन उपचार कक्षका लागि आवश्यक पर्ने जनशक्तिदेखि स्वास्थ्य क्षेत्रकै विषयमा गम्भीर रहेकाले केही समयमै आइसियु कक्ष सञ्चालनमा आउने उनको विश्वास छ ।
नेपाल सरकारको स्वामित्वमा विसं २०५८ मा १५ श्ययाबाट शुरु भएको यस जिल्ला अस्पताल हाल ६० शय्याको छ । त्यस्तै सङ्घीय सरकार आएपछि गत वर्षदेखि प्रदेश सरकारको मातहतमा रहेको यस अस्पतालको आकस्मिक भवनमा १५ शय्याको आइसोलेशन निर्माण गरिएको छ । हालसम्म यस आइसोलेशनमा ४५० जना कोरोना सङ्क्रमित बिरामीले उपचार गरिसकेको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार एक जना वृद्धको भने यहाँ मृत्यु भएको थियो । हाल यहाँको आइसोलेशनमा दुई जना कोरोना सङ्क्रमित पुरुषले उपचार गराइरहेको प्रमुख श्रेष्ठको भनाइ छ ।
जिल्लामा हालसम्म ८५० जना कोरोना सङ्क्रमितको सङ्ख्या पुगेको जिल्ला प्रशासन कार्यालय लमजुङले जनाएको छ । कोरोना सङ्क्रमणबाट हालसम्म एक महिला र छ पुरुष गरी सात जनाको मृत्यु भएको उक्त कार्यालयले जनाएको छ । यतिबेला चिसोका बिरामी बढेको अस्पतालले जनाएको छ । निमोनिय, रुघाखोकी, पेटसम्बन्धी, लडेर आउने बिरामी दैनिक १०० देखि १५० सम्म आउने गरेका छन् । यस आर्थिक वर्षको चौमासिकसम्म १० हजार बिरामीले अस्पतालबाट सेवा लिइसकेको प्रमुख श्रेष्ठले जानकारी दिए ।
गत वर्ष ५५ हजारलाई सेवा प्रवाह गरेको अस्पतालले जनाएको छ । जिल्लाका विभिन्न स्थानबाट बिरामीले यस अस्पतालमा सेवा लिन आउने गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
दुर्गा प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार