नवलपुरलाई नमुना जिल्लाको रुपमा विकास गर्ने कृषिमन्त्रीको दावी
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार १:१५:५८
२ माघ, कावासोती । गण्डकी प्रदेश सरकारका कृषि सहकारी तथा भूमि ब्यबस्था मन्त्री लेखबहादुर थापा मगरले गण्डकी प्रदेशको नवलपुर प्रदेशकै नमूना जिल्लाका रुपमा अगाडि बढेको र यहाँको बिकाससँगै प्रदेशको बिकास अघि बढने बताएका छन् ।
मन्त्री मगरले शुक्रबार पूर्वी नवलपरासीको कावासोतीमा स्थापना भएको कृषि ज्ञान केन्द्र तथा भेटेरिनरी अस्पताल तथा पशु बिज्ञ केन्द्रको उद्दघाटन गर्दै कृषिको बिकास बिना हरेक बिकास अगाडि बढन् नसक्ने भएकाले नवलपुरको बिकासका लागि प्रदेश सरकारले ठोस निर्णयका साथ कार्यक्रम ल्याएको बताए ।
कृषि सहकारी तथा भूमि ब्यबस्था मन्त्री थापा मगरले नवलपुर माछाको भण्डार भएको जिल्ला साथै धान ,मकै ,लगायतको अन्नबालीको समेत पकेट क्षेत्र भएकाले यहाँको बिकास सँगसँगै कृषि क्षेत्रमा प्रदेशले उचित लगानकिा साथ बजेट उपलब्ध गराउने दावी गरे ।
मन्त्री थापा मगरले प्रदेशकै सबैभन्दा बढि अन्न उत्पादन हुने नवलपुरमा कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल नहुँदा कृषकलाई समस्या पारेको बताउँदै प्रदेशले यहाँको जनताको मागलाई सम्बोधन गरेर नै यी कार्यालयको ब्यबस्थापन गरेको प्रष्ट पारे ।
कार्यक्रममा मन्त्री थापा मगरले किसानसँग कृषिमन्त्री कार्यक्रममा कृषकहरुले गण्डकी प्रदेशको सहयोगको आबश्यकता महशुस गरेकाले प्रदेश सरकारले नवलपुरका कृषकहरुको आबश्यकता अनुसार कार्यालयको स्थापना गरेको बताए । कृषि क्षेत्रको बिकास नभएसम्म मुलुकको बिकास असम्भब भएकाले कृषकको हितमा सरकारले काम गरेमा बिकासको मुल फुटने उनको भनाई थियोे ।
कृषि सहकारी तथा भूमि ब्यबस्था मन्त्रालयका सचिव सवनम शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली, सांसद जनकलाल श्रेष्ठ ,कावासोती नगरपालिकाका नगरप्रमुख चन्द्रा पुन, सहायक प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापा लगायतले नवलपुरको कृषि क्षेत्रको बिकासमा प्रदेश सरकारले उचित बजेट उपलब्ध गराउनुपर्नेमा जोड दिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार