चितवनमा चरा गणना सम्पन्न, यस बर्ष प्रजाति नबढेको प्रक्षेपण
नेपालबहस संवाददाता
माघ २, २०७७ शनिबार २:४१:३४
२ माघ, चितवन । जिल्लाका चरा पाईने चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चरा गणना गरिएको छ । पाँच दिन लगाएर गणना गरिएको हो । गत आइतबारबाट गणना शुरु गरिएको थियो । बर्ड एजुकेशन सोसाईटीका पूर्वअध्यक्ष वासु विडारीले गणना सम्पन्न भएपनि तथ्याङ्क आइनसकेको जानकारी दिए । उनका अनुसार सङ्कलित तथ्याङ्कलाई प्रशोधन गरी सोमबारसम्ममा एकिन तथ्याङ्क बाहिर ल्याइने छ ।
चितवन राष्ट्रिय निकुञ्ज र यसआसपासका क्षेत्रका तालतलैया तथा खोलामा चरा गणना गरिएको उनले बताए । उनका अनुसार यसवर्ष सङ्ख्या केही बढेपनि प्रजाति नबढेको प्रक्षेपण गरिएको छ । उनले चितवन निकुञ्ज र यसआसपासको सिमसार क्षेत्र तथा तालतलैयामा चराको अवस्था यसवर्ष मध्यम रहेको बताए
नेपालका निकुञ्ज र चरा पाइने ठाउँमा जनवरी २ तारिखबाट चरा गणना थालिए पनि चितवनमा केही दिन ढिला गरी गणना गरिएको थियो । उनले लोथरदेखि जिन्दगानीघाटसम्म, जिन्दगानीघाटदेखि सौराहासम्म र सौराहादेखि कसरा पुलसम्म गणना गरिएको बताए । त्यस्तै, माडीको रिउ खोला, बीसहजारी ताल, तमोर ताल, लामीताल, राप्ती खोलामा गणना गरिएको थियो ।
बाटुली पोखरी, टिकौली ताल, कुमाल ताल, राइनो ताल, बूढी राप्ती, ढुङ्ग्रे खोलामा पनि गणना गरिएको उनले जानकारी दिए । बिडारीका अनुसार चरा बस्ने कुनै क्षेत्र नछुटाई गणना गरिएको छ । चितवन जिल्लाका नौ जना चरा गणकको नेतृत्वमा ५२ जनाको तीनवटा समूह बनाएर चरा गणना गरिएको हो । गत साल जिल्लामा ६४१ प्रजातिका चरा फेलापरेका थिए । तीमध्ये ५७ जल प्रजातिका थिए । देशभरमा यो संख्या ८८७ रहेको छ ।
क्यामरा, वाइनोकुलर र टेलिस्कोपलगायतका उपकरण प्रयोग गरी चराको रङ, शरीरको बनोट हेरेर, आवाज सुनेर गणना गर्ने गरिन्छ । यो समय जाडो छल्न विभिन्न देशबाट बसाई सरी यहाँ चरा आउने गर्दछन् । ती अधिकांश चरा जल प्रजातिका हुने गर्दछन् । तिनीहरु गर्मी शुरुभएसँगै पुनःफर्किने गर्दछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अन्तरिक्षमा ४३ वर्षदेखि बन्द रहेको ‘रेडियो’ फेरि सुरु, नासाले पाउन थाल्यो संकेत
मंसिर १६, २०८१ आइतबार
उपप्रधानमन्त्री सिंहद्वारा मतदान
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनको मतदान जारी, ४१ पदका लागि ३७६ जना उम्मेदवार मैदानमा
मंसिर १६, २०८१ आइतबार
अमेरिकाले ताइवानलाई ३८५ मिलियन डलरबराबरको हतियार बिक्री गर्ने
मंसिर १६, २०८१ आइतबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार