निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुट्याे
नेपालबहस संवाददाता
माघ ५, २०७७ सोमबार १६:३२:४३
५ माघ, विराटनगर । सरकारले अगामी वैशाख १७ र २७ गते आम निर्वाचन गर्ने गरेको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय मोरङ आवश्यक तयारीमा जुटेको छ । यसका लागि कार्यालयले जिल्ला मतदान तथा मतदान निर्धारण समितिका संयोजक प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा बैठक सम्पन्न गरी मतदानका निम्ति सूची र मापदण्ड मोरङका १७ वटै स्थानीय तह र जिल्लास्थित राजनीतिक दललाई आवश्यक सुझावका लागि पठाइसकेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख महेशकुमार ठाकुरले बताए ।
उनले स्थानीय तह तथा राजनीतिक दलबाट सो सम्बन्धमा आउने सुझावलाई ग्रहण गरी सोहीअनुसार काम गर्दा निर्वाचन सहज हुने धारणा राखे ।राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिहरुबाट आउने सुझावलाई परिमार्जन गरेर मतदान केन्द्र र मतदान स्थलको निर्धारण गर्दा निर्वाचनप्रतिको विश्वास बढ्ने, निर्वाचन निष्पक्ष, धाँधलीरहित र स्वतन्त्ररूपमा सम्पन्न हुने निर्वाचन कार्यालयको ठहर छ ।
विसं २०७४ को संसदीय निर्वाचनमा मोरङमा छ लाख ४४ हजार ७८३ मतदाता थिए भने अहिले छ लाख ७२ हजार ४०० मतदाता रहेको प्रमुख ठाकुरले बताए । उनका अनुसार आगामी निर्वाचनमा ३०० मतदान केन्द्र र ७८४ मतदान स्थल कायम हुन सक्ने अनुमान गरिएको छ । गएको संसदीय निर्वाचनमा मोरङमा ३०० मतदान केन्द्र र ७५८ मतदान स्थल कायम गरिएको थियो ।
तथापि राजनीतिक दल, स्थानीय तह र सुरक्षा निकायको सुझाव आउन बाँकी नै रहेकोले यसमा परिवर्तन हुन सक्ने प्रमुख ठाकुरको भनाइ छ । विस २०७७ पुस ५ गतेभित्र १८ वर्ष उमेर पुगेका फोटोसहित मतदाता नामावलीमा नाम समावेश भइसकेका मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था रहेको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार