५१ प्रतिशत लाभांश पारित गर्न नेपाल लाइफ इन्स्योरेन्सले डाक्यो माघ २८ गते साधारण सभा
नेपालबहस संवाददाता
माघ ६, २०७७ मंगलबार १७:४५:२
६ माघ, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा माघ २८ गते गर्ने भएको छ ।
कम्पनीले सभा होटल भिस्वा बीरगञ्ज, पर्सामा बिहान ९ बजे गर्ने जानकारी गराएको हो । सभाले ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
साथै सभाले कम्पनीको विद्यमान प्रबन्धपत्र तथा नियामावलीमा भएको व्यवस्था अनुसार कम्पनीको प्रतिशेयर मूल्य रू १०० रहेकोमा सो शेयर मूल्य सम्बन्धी व्यवस्थालाई परिवर्तन गरी शेयर मूल्य रू ५० कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
कम्पनीले प्रबन्धपत्र र नियमावली संशोधन गरी कम्पनीको प्रतिशेयर मूल्य १०० रुपियाँलाई परिवर्तन गरी ९स्प्लीट० प्रतिशेयर मूल्य ५० रुपियाँ कायम गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । प्रतिशेयर मूल्य परिवर्तन गर्ने प्रस्ताव सम्बन्धित निकायको स्वीकृतिपछि मात्र लागू हुनेछ ।
यसअघि कम्पनीले प्राथमिक शेयर निष्कासन गर्दा प्रतिकित्ता (फेस भ्यालू) १०० रुपियाँ कायम गरेकामा त्यसलाई घटाएर अब फेस भ्यालू प्रतिकित्ता ५० रुपियाँ बनाउने प्रस्तावलाई साधाण सभाबाट पारित गरी नियामकबाट पनि अनुमति लिनुपर्ने हुन्छ ।
यो प्रस्ताव सम्बन्धीत निकायबाट स्वीकृती पाएपछि मात्र लागू हुने कम्पनीले बताएको छ । सभाले सञ्चालक समितिबाट सर्वसाधारण शेयरधनी समूहको प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका माघ १४ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ ।माघ १३ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् । माघ ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२०७१ देखि लेखापरीक्षण गर्न नसकेको राष्ट्रिय जीवन बीमा कम्पनीमाथि अर्थले उठायो प्रश्न
मंसिर १९, २०८१ बुधबार
सूर्यज्योति लाइफले २७ हजार कित्ता संस्थापक शेयर बिक्री गर्दै
मंसिर ५, २०८१ बुधबार
मकवानपुरका ४५ हजार जना स्वास्थ्य बिमामा आबद्ध
मंसिर १, २०८१ शनिबार
नयाँ छात्रावास भवन निर्माणको तयारीमा पोखरा विश्वविद्यालय
पुष २४, २०८१ बुधबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
सडक सञ्जाल विस्तार भएसँगै कप्रुडाँडा पर्यटकीय गन्तव्य बन्दै
पुष २४, २०८१ बुधबार
कुमारी बैंकद्वारा विराटनगरमा उद्यमी प्रशिक्षण कार्यक्रम सम्पन्न
पुष २४, २०८१ बुधबार