कृषि विकास बैंकले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बेच्ने
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १४:८:१७
७ माघ, काठमाडौं । कृषि विकास बैंकले आजदेखि कृषि ऋणपत्र बेच्न सुरु गरेकाे छ । कृषि कर्जा प्रवाहमा नेतृत्वदायी भूमिका पाएको बैंकले २४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेकाे थियो । तर अहिले ६ अर्ब रुपैयाँ बराबरको ऋणपत्र मात्रै बेच्न लागेको बैंकले जनाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत कृषि कर्जा प्रवाहको नेतृत्व लिन र त्यसका लागि कृषि ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरेको छ । मौद्रिक नीति जारी भएको झण्डै ६ महिनापछि बैंकले ऋणपत्र बिक्री गर्न लागेको हो ।
आज ५४ औँ वार्षिक उत्सवको अवसर पारेर कृषि ऋणपत्रको बिक्री र किसान क्रेडिटको वितरण सुरु गर्न लागिएको बैंकले जनाएको छ । पहिलो चरणमा जारी हुन लागेको ऋणपत्र २७ वटा बाणिज्य बैंक र नेपाल इन्फ्रास्टक्चर बैंकलाई बिक्री गर्ने बैंकको तयारी रहेको छ ।
यस्तै कृषि विकास बैंकले मौद्रित नीतिमा उल्लेख भएअनुसार आजदेखि किसानलाई किसान क्रेडिट कार्ड तथा एप वितरण गर्दैछ । क्रेडिट कार्ड राष्ट्र बैंकको निर्देशनअनुसार सञ्चालन हुनेछ । तर, क्रेडिट कार्ड भनिए पनि सुरुमा किसानले बैंक खातामा तोकिएको रकम भने राख्नुपर्ने बैंकले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
मानव बेचबिखनको आरोपमा एक जना पक्राउ
मंसिर १३, २०८१ बिहिबार
पेरुको मरुभूमिमा भेटियो एक करोड २० लाख वर्ष पुरानो गोहीको अवशेष
मंसिर १३, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीको १ अर्ब ११ करोड ठगी, बयान लिन रविलाई आज साँझ काठमाडौं ल्याइँदै
मंसिर १३, २०८१ बिहिबार
कलिला बालबालिका चिसोमा छानोमुनि पढ्न बाध्य
मंसिर १३, २०८१ बिहिबार
संघीय सरकारले वित्तीय समानीकरण अनुदान बजेट नपठाएको भन्दै लुम्बिनीले उठायो प्रश्न ?
मंसिर १३, २०८१ बिहिबार
नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत, कोठा र काम पाउनै सकस !
मंसिर १३, २०८१ बिहिबार