चन्द्रागिरिको आईपीओ ‘प्रि अलटमेण्ट’ आज, बाँडफाँड बारे यस्तो भन्छ बिक्री प्रबन्धक ?
नेपालबहस संवाददाता
माघ ७, २०७७ बुधबार १९:३९:११
७ माघ, काठमाडौं । चन्द्रागिरि हिल्स कम्पनीले दोस्रो चरणमा सर्वसाधारणमा जारी गरेको शेयरको ‘प्रि अलटमेण्ट’ बुधबार (आज) हुने भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार आईपीओको ‘प्रि अलटमेण्ट’को तयारी भइरहेको जनाएको छ ।
क्यापिटलका अनुसार ‘प्रि अलटमेण्ट’ गरी बाँडफाँडका लागि बोर्डसँग स्वीकृति माग गर्ने तयारी भइरहेको छ । ग्लोबल आईएमई क्यापिटलका अनुसार बुधबार वा बिहीबार मध्ये एक दिनमा शेयर बाँडफाँड गर्ने गरी धितोपत्र बोर्डको स्वीकृति माग गरिएको छ ।
प्रि अलटमेण्ट, को विवरण बोर्डमा बुझाएसँगै बोर्डले निर्धारण गरेका दिन कम्पनीको शेयर बाँडफाँड गरिनेछ । कम्पनीले दोस्रो चरणमा सर्वसाभारणको लागि निष्कासन गरेको शेयरमा १२ लाख ५२ हजारभन्दा बढी संख्यामा आवेदन परेको हो ।
उक्त परेको आवेदनलाई प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि क्यापिटलले जनाएको छ । केही बेरमा अन्तिम तथ्यांक तयार पारेर प्रि अलटमेण्ट गरिनेक्यापिटलले जनाएको छ ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयर सर्वसाधारणमा बिक्री गरेको हो । जसमा ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता शेयर कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणमा निष्काशन गरेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार