राष्ट्रिय वाणिज्य बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २०:५१:५५
९ माघ, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) तथा आईएमइ पे, खल्ती, प्रभु पे र नेपाल पेटाइम लगायतका विभिन्न भुक्तानी सेवा प्रदायकहरू (पीएसपीहरू) सँग छुट्टाछुट्टै तीन–पक्षीय सम्झौता गरेको छ ।
यसले वालेटका ग्राहकहरुले सोझै आफ्नो वालेटबाट राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संकलन गर्दै आएको सम्बन्धित राजस्व खातामा एनसीएचएलको National Payments Interface (NPI) प्रयोग गरी भुक्तानी गर्न सक्नेछन ।
सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी, एनसीएचएलका प्रमुख सञ्चालन अधिकृत मुन्नी राजभण्डारीे, खल्तीका तर्फबाट प्रोडक्ट डेभलपमेण्ट प्रबन्धक अनमोल रटेरिया, आईएमई डिजिटल सोल्युसन लिमिटेडका तर्फबाट व्यवसाय विकास प्रमुख अमोद भट्टराई, प्रभु पेका तर्फबाट अध्यक्ष कुसुम लामा र नेपाल पेटाईमका तर्फबाट प्रमुख सञ्चालन अधिकृत मल्लिका भट्टराइले हस्ताक्षर गरेका छन् ।
महालेखा नियन्त्रक कार्यालयद्वारा हालै जारी गरिएको निर्देशन अनुसार पीएसपीहरुमार्फत् पनि सरकारी राजस्व संकलन गर्न अनुमति प्रदान गरिएको हो र आजको यस राष्ट्रिय वाणिज्य बैंक, एनसीएचएल र विभिन्न पीएसपीहरु बीचको सहकार्यले सरकारी राजस्व भुक्तानीका लागि पनि अन्तरआबद्धता स्थापित गरेको छ ।
यसले सरकारको डिजिटलाईजेसनको पहललाई थप टेवा पुर्याउँदै राजस्व संकलन विद्युतिय माध्यमबाट गर्न थप प्रबद्धर्न गर्ने विश्वास गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
कुमारी बैंककाे उद्यमी प्रशिक्षण कार्यक्रम माेरङकाे बेलबारीमा
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार
फोनको क्यामेरा सफा गर्दा यी कुरामा ध्यान दिनुहोस्, नत्र क्षति हुन सक्छ !
मंसिर १३, २०८१ बिहिबार