हात्तीले आतङ्क फैलाएपछि गाउँले त्रसित
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २१:१५:६
९ माघ, सिरहा । सिरहाको गर्जना नगरपालिका–२ बन्दीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काउनाका साथै अन्नबाली नष्ट गरेका छन् । विगत तीनरचार दिनदेखि हात्तीले गाउँमा स्थानीयवासीका घर भत्काएर धान, चामलका ढुकुटी नष्ट गरेको स्थानीयवासी शिव अञ्जनी दाहालले जानकारी दिइन् ।
सो क्षेत्रमा दिनहुँ तीनरचार हात्ती गाउँमा पसेर घर भत्काउने र अन्नबाली नष्ट गरिरहेका छन् । हात्तीले स्थानीयवासी प्रकाश काफ्ले, सुदर्शन काफ्लेलगायतका १० घर भत्काएको र घरभित्रका धान चामल नष्ट गरेको दहालले बताइन् । हात्तीले केराबारी तथा धानबाली पनि नष्ट गरेका छन् । दिउँसो उखुबारीमा लुकेर बस्ने र रातको समयमा घर बस्तीमा पसेर हात्तीले आतङ्क नै फैलाएपछि गाउँले त्रसित भएका छन् । हात्तीको आक्रमणबाट हुने क्षति रोक्नका लागि स्थानीय प्रशासनले आवश्यक पहल भइरहेको जनाइएको छ ।
सिराहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले हात्ती नियन्त्रणका लागि सबैखाले उपाय अवलम्बन गरिएको जानकारी दिइन् । उनका अनुसार सिरहाको गर्जनादेखि बन्दीपुरसम्म पूर्वपश्चिम राजमार्गको उत्तर खण्डको करीब तीन किलोमिटर क्षेत्रमा हात्ती बस्तीमा गएर घर भत्काउने अन्नबाली नष्ट गरी स्थानीयवासीलाई त्रसित बनाएको छ । उक्त क्षेत्रमा हात्ती हिँड्ने परम्परागत रुट भएकाले पनि हात्तीले वर्षेनि दुःख दिने गरेको छ । त्यस क्षेत्रमा कतिपयले घरटहरा बनाएका छन् ।
हात्तीलाई नुन र रक्सी बनाउन प्रयोग गरिने सामग्री आदि मनपर्ने भएका कारण गाउँमा हात्तीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ । हात्तीलाई नुन मनपर्ने आहारा भएकाले नुन खोज्न तथा रक्सी बनाउन प्रयोग गरिएका सामग्रीको गन्धले पनि हात्तीले दुःख दिने गरेको स्थानीय प्रशासनले जनाएको छ । हात्तीको आतङ्क रोक्न नुन भण्डारण नगर्न, रक्सी चुहावट नगर्न तथा केराको बोट नराख्न स्थानीय सरकार र प्रहरी प्रशासनले उर्दी जारी गरिसकेको छ ।
डिभिजन वन कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले ढ्याङग्रो ठट्टाउने, पटका पड्काएर सुरक्षित तवरले हात्ती धपाउने कार्य भइरहेको प्रजिअ कणेलले बताए । जिल्लामा हात्तीले हालसम्म दुई दर्जनभन्दा बढी घर भत्काउनाका साथै धेरैको अन्नबाली नष्ट गरेको छ । मानवीय क्षति भने भएको छैन ।
विगत २५ दिनदेखि हात्तीको समूहले विभिन्न स्थानमा दुःख दिइरहेको छ । कोशी टप्पु राष्ट्रिय निकुञ्ज वा झापा र सुनसरीबाट हात्ती आएको हुनसक्ने प्रशासनले जनाएको छ । झापा, सुनसरी, उदयपुर, सिराहा हुँदै अहिले कमलानदी किनारमा हात्ती पुगेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार