डिम्याट खाताको संख्या २६ लाख नाघ्यो, एक सातामै करिब डेढ लाखले वृद्धि
नेपालबहस संवाददाता
माघ ९, २०७७ शुक्रबार २२:५६:३४
९ माघ, काठमाडौं । आजकाल चिया चौतारादेखि कलेज, अफिशतिर आईपीओको चर्चा हुने गरेको छ । पहिले पहिले दुई जना जम्मा भएको ठाँउमा राजनीतिक चर्चा हुन्थयो भने, अहिले शेयर बजारको चर्चा सुन्न पाइन्छ । लामो समयसम्मको लकडाउन र निषेधाज्ञाका कारण आवतजावत गर्ने अवस्था थिएन ।
व्यापार व्यवसाय ठप्प भए । कयौंले रोजगारी समेत गुमाए । पूर्णरुपमा आवतजावतको अवस्था नरहेपछि मान्छेसँग प्रसस्त समय भयो । उक्त समयमा मान्छेलाइ शेयर बजारको बारेमा अध्यन गर्ने समय मिल्यो । अवस्था सामान्य बन्दै जादा मान्छेले जसपश्चात पैशा हुनेहरुले लगानीको क्षेत्र खोज्न थाले ।
अन्यन्त्र लगानीको राम्रो अवस्था नहुँदा ठूला घरानीया शेयर बजारमा लगानी गर्न थालेको सरोबारवाला बताउँछन् । यतिबेला प्राथमिक शेयर होस वा दोस्रो बजारमा आम लगानीकर्ताकाे निकै नै आकर्षण देखिन्छ ।
पछिल्लो समय प्राथमिक बजारको आईपीओमा होस वा दोस्रो बजार कारोबारले दिनैपिच्छे नयाँ रेकर्ड राख्न सफल भएको छ । अहिले प्राथमिक बजारमा निष्कासन हुने आईपीओहरूमा १५ लाख बढिले आवेदन भर्न थालेको छन भने, दोस्रो बजारको दैनिक कारोबार र इन्डेक्स नयाँ रेकर्ड बनाउन सफल भएको अवस्था छ । शेयर लगानी गर्न डिम्याट खाता आवश्यक हुने हुँदा यतिबेला डिम्याट खाता खोल्नेको संख्यामा समेत उल्लेख्य बढेको छ ।
यतिबेला डिम्याट खाताको संख्या २६ लाख ३१ हजार २ सय ४७ पुगेको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रवक्ता सुरेश नौपाने दिएको जानकारी अनुसार माघ ९ गतेसम्म उक्त संख्यामा डिम्याट खाता खोलिएको हो ।
पछिल्लो समय डिम्याट खाताको संख्या सातामा १ लाखले बढेको छ । पुस २१ गतेसम्म २३ लाख ७५ हजार ४०८ रहेको यो संख्या एक सातामै १ लाख २४ हजार ९३७ ले बढेको थियो भने, माघ १ गतेदेखि ९ गतेसम्म १ लाख २७ हजार ९ सय ५७ ले बढेको हो ।
धितोपत्र कारोबारमा अनिवार्य बनेको डिम्याट खाता विशेष गरी प्राथमिक बजारका लागि खुलेको पाईन्छ । धितोपत्र दोस्रो बजारमा ४ लाखभन्दा बढी मात्र लगानीकर्ता सहभागी रहेकोमा प्राथमिक बजारमा करीब १३ लाख लगानीकर्ता सहभागी भएको तथ्याङ्क छ ।
पछिल्लो समय चन्द्रागिरी हिल्सको आईपीओमा करीब १२ लाख लगानीकर्ताहरुले आवेदन दिएका थिए । भाग्य चिट्ठाको भरमा आईपीओ पर्ने अहिलेको प्राथमिक बजारमा सबैको भाग पुग्ने गरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ विक्री खुल्ला गरेकोमा १५ लाख बढि आवेदकले आईपीओ भरेका छन् । उक्त कम्पनीको आईपीओमा यस अघिको रेकर्डलाई पनि ब्रेक गरेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चरको आईपीओ कै कारण पनि पछिल्लो समय डिम्याटको संख्यामा उल्लेख्य वृद्धि भएको विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बताएको छ । प्रविधिमैत्री बनिसकेको प्राथमिक बजारमा हाल आवेदन दिन निकै नै सहज भएको छ ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पनि १३ लाख आवेदनलाई सहजै स्वीकार गर्ने गरी मेरोशेयर सफ्टवेयरलाई थप प्रभावकारी बनाईसकेको छ ।
केहि समयअघि ३ लाख आवेदन पनि सहज तरिकाले स्वीकार नगरेको सिडिएससीको मेरोशेयर सफ्टवेयरको क्षमता पछिल्लो समय प्रभावकारी सावित भएको छ । आम लगानीकर्ताको सहजताका लागि सिडिएससीले मेरोशेयर मोवाइल एपसमेत सञ्चालनमा ल्याएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार