पाँचथरमा विभिन्न दलका ४३ जना राप्रपामा प्रवेश
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २३:३८:२०
११ माघ, पाँचथर । राष्ट्रियता र प्रजातन्त्र सबल तुल्याउन राजसंस्था सहितको प्रजातन्त्र अनुकूल पद्धति आवश्यक रहेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचथरले जनप्रदर्शन गरेको छ ।
‘समयको माग र जनताको आकांक्षा पुरा गर्न राजसंस्था सहितको प्रजातन्त्र देशमा आवश्यक देखिएको छ । बहुसंख्यक नेपाली जनता विशेष गरेर युवा पुस्ताको माग पनि यही छ,’ राप्रपाका केन्द्रीय सम्पादन सदस्य सगुनसुन्दर लावतीले भने ।
‘नर्वे, बेलायत, जापान र डेनमार्कमा जस्तो प्रजातन्त्रलाई सुढृद तुल्याउन, समृद्धि प्राप्त गर्न दलभन्दा माथि रहने निष्पक्ष राष्ट्रप्रमुखको रुपमा राजसंस्था चाहिएको छ,’ नेता लावतीले भने । राप्रपा पाँचथरको आयोजनामा आइतबार सम्पन्न जनप्रदर्शनको क्रममा नारा जुलुस गर्दै फिदिम बजार परिक्रमा गरीएको थियो ।
राजसंस्था, हिन्दुराष्ट्र पूनःस्थापना, भ्रष्टाचार नियन्त्रण, युवा रोजगार, नागरिक सुशासन, निष्पक्ष स्थानीय सरकारको नारा लगाउँदै र्याली सम्पन्न गरिएको थियो । भव्य र्याली कोणसभामा परिणत भएको थियो । कोणसभालाई राप्रपाका नेताहरुले सम्बोधन गरेका थिए ।
‘राजसंस्था र हिन्दुराष्ट्रको नारा लिएर राप्रपा जनतामाझ जानेछ, यही नै हाम्रो चुनावी मुद्दा हुनेछ,’ राप्रपाका केन्द्रीय सदस्य मानदेव केरुङले कोणसभालाई सम्बोधन गर्दै भने ।
तीन तहको लुट र भ्रष्टाचार अन्त्य गरेर जनतालाई राहत दिन, देशलाई विकासको पथमा अघि बढाउन आधारभूत सुधार अपरिहार्य भएको छ, केन्द्रीय सदस्य नरेशभक्त चाम्लिङले भने ।
प्राज्ञिक समितिका केन्द्रीय सदस्य डा. डिल्लीप्रसाद चापागाईले राजसंस्था हटेपछि देशमा दुरदिन सुरु भएको भन्दै त्यसमा सुधार आवश्यक रहेको बताए ।
राप्रपा पाँचथरका अध्यक्ष राजकुमार जोशीले जनताको चाहना र देशको आवश्यकता बमोजिम राप्रपा विकल्पको रुपमा स्थापित हुने बताए । जिल्ला उपाध्यक्ष कमल चेम्जोङले युवा रोजगार र नागरिक सुशासन कायम नगरी देशमा प्रगति नहुने बताए ।
सो क्रममा विभिन्न दल परित्याग गरी ४३ जना राप्रपामा प्रवेश गरेका थिए । विभिन्न दल परित्याग गरी राप्रपामा प्रवेश गर्नेहरुमा अविरमान राई, आभा राई, सविन प्रधान, रोधन राई, अभिषेक राई, सुसन राई, अस्मिता राई, माहिकुमा राई, प्रकाश राई, धर्मेन्द्रकुमार राई, सुदिप राई, दिपक राई, कंचन राई, राजकुमार राई, दिपक लिम्बु, संतोष राई, विक्रम आङदेङवे, डिल्लीसेर आङदेङवे, सुवास गोले, पूर्ण आङदेङवे, डिल्लीश्वर आङदेङवे, सुवास गोले, अनिल बल, खगेन्द्र गोले, सुस्मिता गोले, पूर्ण योन्जन, सोनम गोले, दिपावली आङदेङवे, दिपावली आङदेङवे, धनु आङदेङवे, धनु आङदेङवे, दिलकुमारी आङदेङवे, मिलन आङदेङवे, सनम गुरुङ, राजु गुरुङ, टिका आचार्य, कमल चेम्जोङ, राजु बाँस्कोटा, नन्द शेर्मा, देवी शेर्मा, राजु श्रेष्ठ, उपेन्द्र केरुङ र श्याम लावती थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
‘विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ’
मंसिर १२, २०८१ बुधबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदान: मन्त्री पाण्डे
मंसिर १३, २०८१ बिहिबार
रास्वपा सभापति लामिछानेलाई काठमाडौं ल्याइयो
मंसिर १३, २०८१ बिहिबार
रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की
मंसिर १३, २०८१ बिहिबार
स्टिकर छपाइ प्रकरणमा विकल र सफललाई ३ करोड ४२ लाख विगो र त्यति नै जरिवाना, ८ वर्ष कैद
मंसिर १३, २०८१ बिहिबार
विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट
मंसिर १३, २०८१ बिहिबार