नेम्बाङको स्मृतिमा साहित्यकार डा.गोविन्द भट्टराईलाई सम्मान गरिने
नेपालबहस संवाददाता
माघ ११, २०७७ आइतबार २३:२६:३९
११ माघ, पाँचथर । राजनीतिज्ञ तथा साहित्यकार एवं फाल्गुनन्द गाँउपालिकाका निवर्तमान अध्यक्ष स्व. अमरकुमार नेम्बाङको नाममा स्थापित श्रष्टा सम्मान पुरूस्कार यसबर्ष वरिष्ठ समालोचक तथा साहित्यकार डा. गोविन्दराज भट्टराइलाई प्रदान गरिने भएको छ ।
अघिल्लो वर्षबाटै अमर नेम्बाङ लिम्बु स्मृति ट्रष्टको स्थापना गरि वितरण शुरू गरिएको उक्त साहित्य पुरस्कार एकलाख धनराशीको छ । तर यसबर्ष उक्त पुरस्कार मध्ये पचास हजार श्रष्टालाई वितरण गरिने छ ।
बॅाकी पचास हजार विश्वलाई नै स्तब्ध बनाएको सरूवा रोग कोरोनाको महामारीबाट समुदायलाई जोगाउनका निमित्त ट्रष्टमार्फत पाँचथरका ८ वटै पालिकाहरूमा वितरण गरिने स्वास्थ्य सामग्री खरिदको राशीमा थपिने ट्रष्टका अध्यक्ष मुनिन्द्र नेम्बाङले जानकारी दिएका छन् ।
नेम्बाङको नाममा स्थापित ट्रष्टले गत वर्षदेखि नै साहित्यसँगै सामाजिक, शैक्षिक र खेल क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई कदर गर्दै, सम्मानस्वरूप पुरस्कार वितरण गर्नुका साथै समाजिक क्षेत्रमा सेवाको कार्य गर्न पनि थालिसकेको छ ।
स्वर्गीय अमर नेम्बाङ लिम्बुको स्मृतिसभा यसपटक सदा झैं यही माघ महिनाको २६ गते पाँचथर जिल्लाको सदरमुकाम फिदिममा गरिने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रा. कृष्ण गौतमको उपन्यास ‘अद्वैत’ लाई पद्मश्री साहित्य पुरस्कार
भदौ २४, २०८१ सोमबार
पूर्वउपरथी क्षत्रीको आत्मकथा ‘जीवन सुन्दर छ’ सार्वजनिक
साउन १८, २०८१ शुक्रबार
मदन पुरस्कारका लागि पाँच कृति छनोट
साउन ८, २०८१ मंगलबार
प्रहरीमा एक एआईजी, पाँच डीआईजी खाली, आरोपीलाई चुपचाप बिदाई
नेपालबहस संवाददाता
असोज १५, २०८१ मंगलबार
जनताका आँखा राजा ज्ञानेन्द्रतिर
बद्रीनरसिंह के.सी.
असोज १५, २०८१ मंगलबार
अख्तियारले दोहोर्याएर किन छापा हान्यो ‘क्यान’मा ?
असोज १६, २०८१ बुधबार
महिला भलिबलमा काठमाडौंले गण्डकीलाई हरायो
असोज १६, २०८१ बुधबार
हिजबुल्लाहविरुद्धको जमिनी लडाईमा इजरायलका आठ सैनिकको मृत्यु
असोज १६, २०८१ बुधबार
मधेस प्रदेश सरकारले बाढीपहिरो पीडितलाई एक लाख दिने
असोज १६, २०८१ बुधबार
एआइको प्रयोग मानवताको साझा हितमा गरिनुपर्छ : मन्त्री डा राणा
असोज १६, २०८१ बुधबार