जताततै लागूऔषधको कारोवार, अपराधी पक्राउ गर्न प्रहरी सक्रिय
नेपालबहस संवाददाता
माघ १३, २०७७ बुधबार ०:२१:२२
१३ माघ , काठमाडौं । दक्षिणकाली नगरपालिका-७ घर भई हाल चन्द्रागिरी नगरपालिका-१ बलम्बु डेरा गरी बस्ने ३७ वर्षीया रिता खड्का र सोही ठाउँ बस्ने धादिङ थाक्रे गाउँपालिका-९ घर भएकी २९ वर्षीया अमृता तामाङ्लाई ६ केजी ८ सय १६ ग्राम अवैध लागूऔषध गाँजा र नगद ६ लाख ६२ हजार रुपैयाँसहित सोमबार दिउँसो महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१३ रविभवनमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले उनीहरुको साथ र डेरा कोठामा गरी उक्त परिमाणको गाँजा र नगदसहित उनीहरुलाई पक्राउ गरेको वृत्तका डीएसपी अपिल बोहोराले जानकारी दिएका छन् ।
कालीमाटीका प्रहरी निरीक्षक शिशिर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टालीले उक्त लागुऔषधसहित कारोवारी र पैसा बरामद गरेको हो ।लागुऔषधको कारोवारमा संलग्न अन्य समुह र व्यक्तिहरुको पनि खोजी कार्य तीव्ररुपमा भैरहेको डीएसपी बाहोराले बताएका छन् ।
यसैगरी झापा, शिवसताक्षी नगरपालिका-११ स्थित सडकबाट ५८ एम्पुल डाईजेपाम, ५७ एम्पुल बुफ्रेनोर्फिन र ५८ एम्पुल प्रोमेथोजाईनसहित २ जनालाई सोमबार साँझ झापा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दमक नगरपालिका-८ बस्ने २५ वर्षीय सत बहादुर देवान र ३२ वर्षीय दिलिप महत रहेका छन् ।
सोही ठाउँमा खटिएको प्रहरीले मे.१ ह ६१७६ नम्बरको टेम्पो जाँच गर्ने क्रममा उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । साथै अनुसन्धानको लागि टेम्पो चालक शिवसताक्षी नगरपालिका-७ बस्ने २५ वर्षीय सन्तोष लिम्बुलाई समेत टेम्पोसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बुलबुले गेटबाट २ सय ८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थसहित सोही नगरपालिका-४ बस्ने २५ वर्षीय सरोज पन्तलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सिरहा, मिर्चैया नगरपालिका-९ डाँडागाँउबाट करिब २५ केजी अवैध लागूऔषध गाँजा सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने रण बहादुर श्रेष्ठको घरमा अवैध लागूऔषध गाँजा लुकाई छिपाई किनबेच गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बल सुरक्षा वेस क्याम्प मिर्चैयाबाट खटिएको संयुक्त टोलीले श्रेष्ठको घर तलासी गर्दा उक्त गाँजा फेला पारी बरामद गरेको हो ।
श्रेष्ठ हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । साथै उक्त गाँजा किनबेच गर्ने कार्यमा संलग्न धनुषा कमला नगरपालिका-८ बस्ने ३३ वर्षीय संजिब मण्डल लगायत ३ जनालाई समेत स.६ प ३८६५ नम्बरको मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं परिसर कमाण्ड गर्न एसएसपीको दौडधूप, चार जिल्लामा को को जाँदै ?
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
नेपालबहस संवाददाता
माघ ५, २०८१ शनिबार
सैफअली खानसँग आक्रमणकारीले मागेका थिए १ करोड रूपैयाँ
नेपालबहस संवाददाता
माघ ४, २०८१ शुक्रबार
सत्ता राजनीतिमा देउवाः दाहिने ओली, देब्रे प्रचण्ड !
माघ ५, २०८१ शनिबार
प्रचण्ड पुग्दा किन खुलेन क्रिकेट रंगशालाको गेट ?
माघ ५, २०८१ शनिबार
खोखो विश्वकपः नेपाली महिला टोली पुग्यो फाइनलमा
माघ ५, २०८१ शनिबार
सडक सञ्जाल विस्तार भएसँगै सहज बन्दै मनाङको यात्रा
माघ ६, २०८१ आइतबार
भिरबाट लडेर महिलाको मृत्यु
माघ ६, २०८१ आइतबार
ट्रम्पका परिवार : ह्वाइट हाउसमा कस्को के भुमिका ?
माघ ६, २०८१ आइतबार
लक्की फिल्मी अवार्ड-२०८१ फागुनमा हुने
माघ ६, २०८१ आइतबार
मोरक्कोमा किन मारिँदैछ ३० लाख सडक कुकुर ?
माघ ६, २०८१ आइतबार
सिरक डसना बनाएर दैनिक एक हजार छ सयसम्म आम्दानी
माघ ६, २०८१ आइतबार