माघ १५–२१ गते मतदाता नामावली अद्यावधिक गरिँदै
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २१:२९:२१
१४ माघ, भोजपुर । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिकको कामको थालनी गर्ने भएको छ । कार्यालयले आगामी प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका मतदाता नामावाली अद्यावधिक गर्न शरु गर्ने भएको हो ।
यही माघ १५ गतेबाट २१ गतेसम्ममा सम्पूर्ण स्थानीय तहको अद्यावधिको काम सक्ने कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय भोजपुरमा भएको बैठकले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको काम सञ्चलान गर्ने निर्णय गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद भण्डारीले कार्यक्रमलाई निर्धारित समयभित्र सम्पन्न गर्न सबै पक्षलाई आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे । कार्य तालिकानुसार आयोगबाट उपलब्ध गराइएको मतदाता नामावलीमा रहेका त्रुटी सच्याउने दाहोरो पर्न गएका नामावली हटाउने, उजूरी लिनेलगायतका दाबी विरोधका कार्यमा आवश्यक सहयोग समन्वय र प्रचारप्रसारका कार्यमा सबै पक्षको साथ सहयोग आवश्यक रहेको जिल्ला निर्वाचन निर्वाचन कार्यालयका प्रमुख पवनकुमार रेग्मीले बताए ।
सरकारले प्रतिनिधिसभाको निर्वाचन आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी मिति तोकिएसँगै नामावाली अद्यावधिक तथा दाबी विरोधको काम शुरु गरिएको छ । माघ १५ देखि २६ गतेभित्रमा भोजपुरलगायत ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट मतदाता नामावली अद्यावधिक गर्न सकिने जनाइएको छ ।
यहाँका मतदान केन्द्र र मतदानस्थल परिवर्तन गर्ने तथा थप गर्ने काम सम्पन्न भइसकेको छ । जिल्लाका छ वटा मतदानस्थल परिवर्तन गरिएको छ भने छ मतदान केन्द्र थप गर्ने निर्णय भएको छ । जिल्लाभर ८७ मतदानस्थल र १५४ मतदान केन्द्र छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार