नेपालमै पहिलो पटकः क्याल्सियम भरिएको मुटुको नशाको बिना शल्यक्रिया उपचार
नेपालबहस संवाददाता
माघ १४, २०७७ बुधबार २१:४४:२३
१४ माघ, काठमाडौं । मुटुको नशामा अधिक क्याल्सियम भरिएर समस्यामा परेका बिरामीहरुको बिनाचिरफार उपचार हुने अत्याधुनिक प्रविधि नेपालमै सुरु भएको छ ।
मुटु रोगको उपचारमा विशेष ख्याति कमाएको देशको अग्रणी र अन्तराष्ट्रिय स्तरको अस्पताल, नर्भिक इन्टरनेशनल हस्पिटलका चिकित्सकहरुले यूरोप/अमेरिकामा मात्र संभव प्रविधि प्रयोग गरी एक बिरामीको सफल उपचार
गरेका हुन् ।
नर्भिक अस्पतालका वरिष्ठ मुटु रोग विशेषज्ञ यादवकुमार भट्ट नेतृत्वको टिमले अधिक क्याल्सियमका कारण बन्द भएको मुटुको नशा बिनाचिरफार खुलाउने विशेष खालको शल्यक्रिया गरेको हो । यस्तो शल्यक्रिया नेपालमै पहिलोपटक
भएको हो ।
एक ८० वर्षीय बिरामीलाई डा. भट्ट नेतृत्वको टिमले अल्ट्रासाउण्डिङ वेभको साहाराबाट नशामा भरिएको क्याल्सिम फुटाएर सफल उपचार गरेको हो । ‘मेडिकल भाषामा यो विधिलाई हामी इन्ट्राभास्कुलर लिथोट्रिस्पी अर्थात आइभिएल
भन्छौं ।’ डा. भट्टले भने–‘जसरी किड्नी वा पिसाब थैलीमा बनेको ढुंगालाई बिनाचिरफार वेभको मद्धतले फुटाएर बाहिर निकाल्ने काम गरिन्छ, मुटुको एन्जियोप्लाष्टीमा पनि हामीले यस्तै खालको प्रविधि अपनाएर सफल उपचार गरेका हौं ।’
यो प्रविधिमा सानो बेलुनको सहायताले च्यापिएको नशालाई खोल्ने र वेभको माध्यमबाट त्यहाँको क्याल्सियम चकनाचुर पार्ने काम गरिन्छ । ‘यो प्रविधिबाट स्वदेशमा उपचार संभव नहुँदा धेरै बिरामी विदेश जानुपर्ने बाध्यता थियो, तर अब त्यो बाध्यताको हामीले अन्त गरेका छौं ।’
नर्भिकको कार्डियोलोजी विभागका डाइरेक्टर समेत रहेका डा. भट्ट भन्छन्–‘यो प्रविधिको उपचार मुटुको नशामा क्याल्यिसम भरिएका बिरामीलाई मात्र काम लाग्छ ।’
नेपालमा मुटुको नशा च्यापिँदा त्यसलाई खोलेर स्टेन राख्ने प्रविधि अर्थात एन्जियोप्लाष्टीको उपचार समेत डा। भट्टले नै सुरुवात गरेका थिए ।
संयोग नै मान्नुपर्छ, निकै अत्याधुनिक उपचार विधि मानिने आइभिएल पनि उनैले सुरु गरेका छन् । यो प्राविधिक रुपमा निकै जटिल खालको उपचार विधि पनि हो । भट्ट नेतृत्वको ५ डाक्टरसहित १० जनाको टिमले डेढ घण्टा लगाएर नेपालमै पहिलोपटक आइभिएल प्रविधिबाट एन्जियोप्लाष्टीको काम गरेको हो ।
यो प्रविधि नहुँदा क्याल्सियम भरिएको मुटुको नशा खुलाउन पनि बाइपास सर्जरी गर्नुपर्ने बाध्यता हुन्थ्यो, आधुनिक प्रविधिको सफलतमा प्रयोगबाट अब नेपालमा पनि बिनाचिरफार उपचार संभव भएको हो ।
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले मुटुकोअत्याधुनिक शल्यक्रियामा अस्पतालले निकै महत्वपूर्ण सफलता हासिल गरेको उल्लेख गर्दै यसबाट विदेश जानुपर्ने बाध्यता अन्त भएको बताए ।
‘अन्तर्राष्ट्रिय स्तरका अस्पतालका डाक्टर झै हाम्रा चिकित्सकहरु पनि उत्तिकै सक्षम छन् भन्ने उदाहरण पनि हो यो ।’ उनले भने –‘मुटु रोगको उपचारमा विशेष योगदान गर्दै आएको नर्भिकले भविष्यमा अन्य यस्ता आधुनिक प्रविधि समेत भित्र्याउँदै जानेछ ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार
नेपाल संवत् ११४५ प्रारम्भ भएको खुसियालीमा देशभरका मुख्य सहरमा शुभकामना र्याली
कात्तिक १७, २०८१ शनिबार
भक्तपुर पुगेर प्रधानमन्त्री र संस्कृतिमन्त्रीले भने, नेपाल भाषालाई पाठ्यक्रममा समावेश गराइन्छ
कात्तिक १७, २०८१ शनिबार
सांस्कृतिक पहिरनसहित काठमाडौंको वसन्तपुरमा धुमधामसँग मनाइयो नेपाल संवत्
कात्तिक १७, २०८१ शनिबार
राष्ट्रपति भवन शीतल निवासमा गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
कात्तिक १७, २०८१ शनिबार