२७ वाणिज्य बैंकः- कुनको मुनाफा बढ्यो कुनको घट्यो ?
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार ०:७:४२
१६ माघ, काठमाडौ । आर्थिक वर्ष २०७७/८८को पुष मसान्तसम्मको नेप्सेमा सूचीकृत २६ वटै वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरण अनुसार केही बैंकको नाफा बढेको छ भने धैरैको नाफा घटेको छ । स्प्रेडदर कटौती, कोरोनाको प्रभाव लगायतका कारण मुनाफा घटेको हो ।
कोरोनाका कारण यसबीचमा ठूला परियोजनामा कर्जा प्रवाह हुन सकेको छैन । वित्तीय प्रणालीमा तरलता थुप्रिएको छ । यसको असर पनि केही हदसम्म वित्तीय विवरणमा परेको देखिन्छ । केन्द्रीय बैंकको निर्देशन अनुसार स्प्रेडदर कटौतीले पनि मुनाफा प्रभावित भएको बैंकरहरुको भनाई छ । कतिपय कर्जामा प्रोभिजन पनि बढाउनु परेको अवस्था छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै मुनाफा कमाउनेमा ग्लोबल आइएमई बैंक रहेको छ । यसको नाफा ३७.३२५ ले बढेर २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
यसको चुक्ता पुँजी पनि सबैभन्दा बढी छ ।यस्तै, २ अर्बभन्दा धेरै मुनाफा कमाउनेमा नबिल र एनआईसी एसिया बैंक पनि रहेका छन् । सबैभन्दा धेरै मुनाफा बढाउनेमा कुमारी बैंक रहेको छ । यसको मुनाफा ५१.४९५ ले बढेर १ अर्ब २१ करोड ६५ लाख ५८ हजार रुपैयाँ पुगेको छ । यसअवधिमा १० बैंकको मुनाफा बढेको छ भने १६ बैंकको घटेको छ ।
मुनाफा बढेका बैंकहरु:-
मेगा बैंकको मूनाफा भने बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३० करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.२८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९५ करोड २ लाख मूनाफा कमाएको थियो ।
सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सामान्य रुपले मूनाफामा बढेको छ । दोस्रो त्रैमासम्म बैंकले ९४ करोड ९४ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९४ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
प्राइम कमर्शियल बैंक लिमिटेडको मूनाफा भने बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ८१ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.४० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३० करोड मूनाफा कमाएको थियो ।
ग्लोबल आइएमई बैंक लिमिटेडको मूनाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब ३१ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३७.७२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६८ करोड मूनाफा कमाएको थियो।
एनआईसी एशिया बैंक लिमिटेडको मूनाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब ६ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २.१९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब १ करोड मूनाफा कमाएको थियो ।
एनएमबि बैंक लिमिटेडको मूनाफा बढेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ६१ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ९ करोड मूनाफा कमाएको थियो ।
कुमारी बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब २१ करोड मुनाफा आर्जन गरेको छ । बैंकले गतबर्ष यही समयमा तुलनामा ४१ करोड ३५ लाख रुपैयाँ अर्थात ५१.४९ प्रतिशत मुनाफा बढाएको हो ।
सिटिजन्स इन्टरनेशनल बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८७ करोड ५१ लाख मूनाफा आर्जन गरेको छ । बैंकले गत वर्ष यही समयमा ६८ करोड ७७ लाख मुनाफा कमाएको थियो । जुन गत वर्षको तुलनामा आर्थिक वर्ष २७ प्रतिशतले बढी हो ।
नेपाल बंगलादेश बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मा ९४ करोड १२ लाख खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.५२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८० करोड ७७ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।
प्रभु बैंक लिमिटेडले १ अर्ब ५१ करोड ८६ लाख रुपैयाँ मूनाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.८७ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
मुनाफा घटेका बैंकहरु:-
सानिमा बैंक लिमिटेडको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा कमाएको थियो।
हिमालयन बैंक लिमिटेडको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ६५ करोड २२ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.५० प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७४ करोड मूनाफा कमाएको थियो ।
नविल बैंक लिमिटेडको मूनाफा पनि घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २ अर्ब १ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२६ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ४ करोड मूनाफा कमाएको थियो।
एभरेष्ट बैंक लिमिटेडको धेरै अन्तरमा मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ९६ करोड १९ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६.२९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५० करोड मूनाफा कमाएको थियो।
कृषि विकास बैंक लिमिटेडको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म १ अर्ब ३२ रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.४४ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड मूनाफा कमाएको थियो ।
स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेडको पनि ज्यादै धेरै मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ७२ करोड ७६करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४०.६९ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २२ करोड मूनाफा कमाएको थियो ।
एसबिआई बैंकको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ५१ करोड ४८ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७ लाख मूनाफा कमाएको थियो ।
नेपाल क्रेडिड एण्ड कर्मसको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ६१ करोड ४० करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १८ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ७५ करोड ६३ लाख मूनाफा कमाएको थियो ।
माछापुच्छ्रे बैंकको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ८० करोड २७ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८२ करोड १८ लाख मूनाफा कमाएको थियो ।
सिद्धार्थ बैंकको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ९१ करोड ८७ करोड रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.५० प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २ करोड मूनाफा कमाएको थियो ।
लक्ष्मी बैंकको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ८० करोड ७१ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.६२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ९० करोड ३० लाख मूनाफा कमाएको थियो ।
सिभिल बैंकको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म २० करोड २० लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३१ करोड ६२ लाख मूनाफा कमाएको थियो ।
बैंक अफ काठमान्डूको मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ७० करोड ८५ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.८४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ८८ करोड ३८ लाख मूनाफा कमाएको थियो ।
नेपाल इन्भेष्टमेन्ट बैंकले दोस्रो त्रैमाससम्ममा १ अर्ब ५८ करोड ६६ लाख खुद मुनाफा कमाउन सफल भएको छ । बैंकले गत आर्थिक वर्षको यही अवधिमा १ अर्ब ६६ करोड मुनाफा गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा ४।७७ प्रतिशतले कमी हो ।
नेपाल बैंक लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको विवरण अनुसार बैंकको मुनाफा घटेको छ। पुष मसान्तसम्ममा बैंकले १ अर्ब ३५ करोड ४ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ लाख ७३ हजार रुपैयाँ कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ३५ करोड २३ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।
सेञ्चुरी बैंक मूनाफा घटेको देखिएको छ । बैंकले दोस्रो त्रैमासम्म ४६ करोड ६५ लाख रुपैयाँ मूनाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६५ करोड २ लाख मूनाफा कमाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
सिरहामा मदिरा तस्करी गर्ने गाडीको ठक्करबाट डिउटीमा रहेका सशस्त्रका सईको मृत्यु
मंसिर १६, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार