धितोपत्र बोर्डले भन्यो– ‘अग्रिम भुक्तानी नलिई शेयर खरिद गरे कारवाही हुन्छ’
नेपालबहस संवाददाता
माघ १६, २०७७ शुक्रबार २२:३३:५०
१६ माघ, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरूलाई २५ प्रतिशत रकम लिएर मात्रै शेयर खरिद गर्न निर्देशन दिएको छ । यो प्रावधान पहिलेदेखि नै थियो तर पूर्ण रुपमा कार्यान्वयन हुन सकेको थिएन ।
बिहीबार नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीलाई पूर्णरुपमा कार्यान्वयनको गर्न निर्देशन दिएको छ । यतिबेला ब्रोकर कार्यालयले पहुँच र अर्डरको भरमा बिना अग्रिम भुक्तानी क्लाइन्टलाई शेयर इडीआईएस गरिरहेका छन् ।
जसले गर्दा ब्रोकरहरुको मनोपलि बढेकाे लगानीकर्ताको गुनासो छ । । पहुँच भएका र आसेपासेले मात्र राम्रो कम्पनीको शेयरमा पंकड जमाइरहेको लगानीकर्ता बताउछन । यसले गर्दा बजारमा जोखिम बढ्ने भन्दै बोर्डले यस्तो निर्देशन दिएको हो । बजारलाई स्वच्छ प्रतिस्प्रर्धात्मक बनाउने उद्देश्यले बोर्डले ब्रोकर कार्यालयलाई यस्तो निर्देशन दिएको जनाएकाे छ ।
माघ ११ गतेबाट टि प्लस टू लागू भएको छ । टि प्लस टू लागूभएसँगै लगानीकर्ताले बिक्री गरेको शेयर टि प्लस वान दिनभित्र इडीआईएस गरिसक्नुपर्ने हुन्छ यदि ढिलो भयो भने २० प्रतिशत जरिवाना लाग्ने प्रावधान छ । तर, ब्रोकर कार्यालयले लगानीकर्ताले खरिद गरेको शेयर समयमा डिम्याटमा नपठाएको गुनासो आइरहेका छन् ।
जसले गर्दा आगामी दिनमा जोखिम नबढोस भन्ने उद्देश्यका साथ बोर्डले ५० वटै ब्रोकर कम्पनीहरूलाई लगानीकर्ताहरूबाट अग्रिम रुपमा २५ प्रतिशत रकम लिएर मात्रै शेयर किन्न निर्देशन दिएको छ ।
बोर्डका अनुसार अब उपरान्त अग्रिम रकम नलिई कारोबार गर्नेलाई भने अब छुट हुने छैन । त्यसरी रकम नलिई कारोबार गरेको फेला परे नियम अनुसार कारबाही अघि बढाउने बोर्डले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार