सरकारी वकिल कार्यालयमा बिचौलियाको रजगज हुने गरेको सेवाग्राहीको आरोप
नेपालबहस संवाददाता
माघ १६, २०७७ शनिबार ०:२२:१७
१६ माघ, काठमाडाैं । देशकै राजधानीमा अवस्थित र धेरै मुद्धामामिलाको चाङ लाग्ने जिल्ला सरकारी वकील कार्यालय काठमाडौंमा बिचौलियाहरुको रजगज चल्ने गरेको जनगुनासो प्राप्त भएको छ । पहुँच हुने र बिचौलियाहरुमार्फत घुस खुवाउन जान्नेहरुको काम आजको आजै हुने तर निरीह जनताको काम फत्ते गर्न भने हप्तौ दिन लाग्ने गरेको आरोप पीडितहरुले लगाएका छन् ।
कोरोना कहरका बीच विभिन्न मुद्धामामिलामा फसेका सेवाग्राहीहरुको समस्या समयमा नै समाधान नगरी जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंले विभिन्न बाहानामा झुलाउने र दुख दिने गरेको गुनासो आउन थालेको छ । सरकारी वकील कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मीले पहुँचको आधार देखाउदै सेवाग्राहीलाई दुख दिने गरेको जनगुनासो बढेको छ ।
कार्यालयका प्रमुख सहन्यायाधिवक्ता, जिल्ला न्यायाधिवक्ता र सहायक जिल्ला न्यायाधिवक्ताहरुले सेवाग्राहीहरुसँग आर्थिक चलखेल गर्ने गरेको आरोप पीडितहरुले लगाएका छन् । मुद्धाका पक्षसँग साथमै हुनुपर्ने कानुन व्यवसायीहरुलाई गेटभित्र समेत छिर्न नदिई रामभरोसेमा सरोकारवालाहरुको बयान हुने गरेको नाम नबताउने शर्तमा एकजना कानुन व्यवसायीले नेपालबहस डटकमलाई बताएका छन् ।
ती कानुन व्यवसायीका अनुसार प्रहरीले आफ्नो अनुसन्धान सकेर सरकारी वकीलको कार्यालयमा बुझाएको फाइललाई महिनौं दिनसम्म अड्काउने काम हुने गरेको छ । सरकारी वकीलहरुले २/३ दिनमा हुने काम पनि समय अभाव देखाउँदै झुलाउने, तड्पाउने र ढिलाई गर्ने गरेको ती कानुन व्यवसायीको भनाई छ । तर सोही काम बिचौलियासँग पैसाको डिल मिलेपछि भने फटाफट हुने गरेको उनले दावी गरे ।
प्रहरीबाट अनुसन्धान भएर गएका कतिपय मुद्धाहरु समयमा नै अदालतमा पुग्ने गर्दैनन् । मुद्धा अदालतमा छिटो पुग्नका लागि सरकारी वकीलहरुलाई रकम दिनुपर्ने सेवाग्राहीहरु बताउछन् । गत तिहारको बेला पनि एउटा पटाका केशमा यस्तै भएको ती कानुन व्यवसायीले बताए ।
सरोकारवालाहरुका अनुसार प्रमुख रेग्मीले आफू महान्यायाधिवक्ता अग्नि खरेलको खास मान्छे भएको बताउँदै म पनि अख्तियार बसेर आएको हुँ भनि धाक लगाउने गरेको भुक्तभोगीहरुले बताएका छन् । बिना पैसा कामै नगर्ने स्वभावका उनले सेटिङ मिलाउन न्यायाधिवक्ता सुदीपकुमार दंगाललाई खटाउने गरेको भुक्तभोगीहरुको दावी छ ।
तर सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता हरिप्रसाद रेग्मी भने उक्त कुरा झुटो भएको बताउछन् । “पीडितलाई न्याय दिन बसेका हाैं, आर्थिक रकम त के कसैको एककप चिया समेत खाएका छैनाैं ” रेग्मीले नेपालबहस डटकमसँग भने । यदि आफू मातहतका कुनै कर्मचारीले त्यस्तो काम गरेको तथ्यसहित आएमा आफैले अख्तियार पठाउने रेग्मीको भनाई छ ।
त्यस्तै महान्यायाधिवक्ता कार्यलयका प्रवक्ता संजीवराज रेग्मीले उक्त कुराको उजुरी आफुहरुकोमा नआएको र यदि आएमा कार्वाही गरिने पनि बताएका छन् । प्रवक्ता रेग्मी भन्छन् “सरकारी वकील कार्यलयमा धेरै काम हुन्छन्, पीडित कै पक्षमा वकालत गर्ने कार्यालयले आर्थिक चलखेल गर्ने भन्ने हुदैन् ।”
जिल्ला सरकारी वकीलको कार्यालयमा प्रमुख रेग्मीसहित हाल ६ जना जिल्ला न्यायाधिवक्ता र १६ जना सहायक जिल्ला न्यायाधिवक्ता गरी २३ जनाको जम्बो टोली कार्यरत रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार