शान्तिसुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १९:१:४४
१७ माघ, टीकापुर । कैलालीस्थित इलाका प्रहरी कार्यालय टीकापुरले समुदायमा शान्तिसुरक्षा कायम गर्न समुदायकै नागरिक परिचालन गर्न थालेको छ । समुदायमा शान्ति सुरक्षा कायम गर्नका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्कूल सम्पर्क कार्यक्रम, बस्ती तथा टोल सुरक्षा समिति गठन भइरहेको छ ।
यसरी गठन भएका समितिले समुदायको समस्या समाधानका लागि गस्ती गर्ने, निगरानी गर्ने र अपराधिक गतिविधिमा संलग्नलाई प्रहरीसमक्ष पुगाउने काममा सघाउँछन् । प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत बस्ती तथा टोलमा गठन गरिएका सुरक्षा समितिका कारण समुदायमा शान्ति सुरक्षा स्थापना गर्न सहयोग पुगेको नागरिकले महशुस गरेका छन् । गणेशपुर शिविरका बडघर सन्तोष घर्तीमगर आफ्नो टोलको सुरक्षा आफूहरुले नै गरिरहेको बताउछन ।
टीकापुरकै शक्तिनगर शिविरका निवर्तमान बडघर रामलाल डगौरालाई पनि आफ्नो बस्तीमा सुरक्षा समिति गठन गर्दा समाजमा हुने अपराधिक क्रियाकलाप कम भएको महशुस भएको छ । इलाका प्रहरी कार्यालयका अनुसन्धान अधिकृत, प्रहरी निरीक्षक अरुण बम सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्र्तगत गठन गरिएका टोल तथा बस्ती सुरक्षा समितिका कारण बस्तीमा सुरक्षाको स्थिति मजबुत भएकाले प्रहरीलाई पनि निकै सहयोग भएको बताउछन ।
प्रहरीले विद्यालयमा गएर माध्यामिक तहका विद्यार्थीलाई ट्राफिक नियमको पालना, लागूपदार्थ दुव्यसनीबाट हुने नोक्सानी, साइबर क्राइम, बालविवाहले पार्ने नकारात्मक असरका विषयमा जनचेतनामूलक कार्यक्रम गर्ने गरेको छ । प्रहरीले उनीहरुलाई बाल यौन दुव्र्यवहार, गलत छुवाइ, विद्यालय, घर वा अन्य ठाउँमा हुने हिंसाविरुद्ध आवाज उठाउन र प्रहरीलाई खबर गर्न सिकाउन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार