गड्डाचौकीमा हेल्थ डेस्क व्यवस्थित बनाउन अस्थायी दरबन्दी !
नेपालबहस संवाददाता
माघ १७, २०७७ शनिबार १९:४:३४
१७ माघ, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा रहेको हेल्थ डेस्कलाई व्यवस्थित गरिएको छ । भीमदत्त नगरपालिकाले अन्तर्राष्ट्रिय आप्रवासन संगठन ‘आइओएम’ र स्वास्थ्य सेवा विभाग इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाको साझेदारीमा डेस्कलाई व्यवस्थित बनाएको हो ।
कोराना महामारी फैलिएपछि गत वर्ष फागुनदेखि गड्डाचौकीस्थित राजमार्ग छेउमा सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई स्थायी रुपमा सञ्चालनमा ल्याउने गरी दुई शै्यया र उपकरण थप गरिएका छन् । स्वास्थ्य जाँचका लागि स्वास्थ्यकर्मीको सङ्ख्या बढाइएको छ ।
कोरोना महामारीलाई मध्यनजर गरी सञ्चालनमा ल्याइएको हेल्थ डेस्कलाई आगामी दिनमा पनि महामारीजन्य रोग भित्रिन नदिन स्वास्थ्य जाँच केन्द्र बनाउने गरी व्यवस्थित गरिएको बताइएको छ । इपिमिडिलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामबहादुर नेपालीले कोरोना महामारीका लागि सञ्चालनमा ल्याइएका हेल्थ डेस्कलाई आगामी दिनमा अन्य महामारी भित्रिन नदिने गरी सृदृढीकरण गर्न लागिएको बताए ।
सुदूरपश्चिम प्रदेशमा गड्डाचौकी र गौरीफन्टा नाकामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा हेल्थ डेस्कलाई सृदृढीकरण गरिएको उनले जानकारी दिए । देशभरका १३ स्थानका हेल्थ डेस्कलाई व्यवस्थित गर्ने योजना रहेको बताइएको छ । हेल्थ डेस्कमा अस्थायी दरबन्दी सिर्जना गरी मेडिकल अफिसरलगायत जनशक्ति पूर्ति गर्न पनि बजेट विनियोजन गरिएको जनस्वास्थय अधिकृत नेपालीले बताए।
कोरोना महामारी फैलिएपछि गत वर्ष नगरपालिकाले जनशक्ति थप गरी हेल्थ डेस्क सञ्चालनमा ल्याएको थियो । एक वर्षमा एक लाख ५० हजार व्यक्तिको हेल्थ डेस्कमा स्वास्थ्य जाँच गरिएको छ । नगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन गड्डाचौकीसहित झोलुङ्ग पुल र ब्रह्मदेवमा पनि अस्थायी रुपमा डेस्क सञ्चालनमा ल्याएको नगर प्रमुख सुरेन्द्र विष्टले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचाडपर्व लक्षित दुर्घटना न्युनिकरण विशेष अभियानको सुरुवात
असोज ११, २०८१ शुक्रबार
नागरिकको सुरक्षालाई पहिलो प्राथमिकामा राखेर काम गर्न डिआइजी आचार्यको निर्देशन
असोज ९, २०८१ बुधबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार