सर्वसाधारणलाई आईपीओमा लगानी गर्ने अवसरः तीन कम्पनीले निष्कासन गदैछन् प्राथमिक शेयर ?
नेपालबहस संवाददाता
माघ १८, २०७७ आइतबार १८:३४:२१
१८ माघ, काठमाडौं । भर्खरै मात्र नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्बको आईपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा अहिसम्मकै सबैभन्दा बढी आवेदन परेको थियो । जसमा ५० कित्तासम्म आवेदन गर्नेले माग अनुसार नै आईपीओ पाए भने ५० कित्ता बढी माग गर्नेले गोलाप्रथाको आधारबाट शेयर पाएका थिए । यसरी सबैले न्यूनतम आईपीओ पाएको सूचनाले झन सर्वसाधारणलाई आईपीओ चासोको विषय बनाएको छ ।
यतिबेला डिम्याट खाता खोल्नेको संख्यामा पनि उलेख्य वृद्धि भइरहेको छ । डिम्याट खाताको संख्या करिब २७ लाख पुगेको सीडीएसले जनाएको छ । आम लगानीकर्ताले शेयरमा निकै चासो देखाउँन थालेका छन् । यहि समयमा विभिन्न कम्पनी आईपीओ निष्कासन गर्ने होडमा छन् ।
बजारमा कुन कम्पनीको आईपीओ आउँदैछ् ?
यतिबेला आम लगानीकर्ता अब कुन कम्पनीले आईपीओ निष्कासन गदैछ भन्दै पर्खिरहेका छन् । यही समयमा नेपाल धितोपत्र बोर्डले तीन कम्पनीलाई आईपीओ निष्कासनको लागि अनुमति दिएको छ ।
-महिला लघुवित्त
-ग्रीन लाइफ कम्पनी
-सिंगटी हाइड्रो कम्पनी
बोर्डले महिला लघुवित्त वित्तीय संस्थालाई भर्खरै मात्र आईपीओ नियकासनको लागि अनुमति दिएको हो । त्यस्तै, सिंगटी हाइड्रो कम्पनीलाई पुष २१ गते र ग्रीन लाइफ कम्पनीलाई माघ २ गते आईपीओ निष्कासनको लागि अनुमति दिएको हो ।
कहिले निष्कासन गदैछन् यी दुई कम्पनीले आईपीओ ?
महिला लघुवित्तले भर्खरै आईपीओ निष्कासनको अनुमति पाएको हाे । लघुवित्तले चाडै नै आव्हापत्र जारी गदै आईपीओ निष्कासनको मिति तय गर्ने भएको छ । आईपीओ बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेट बैंकिङका अनुसार चाडै नै निष्कासन मिति तय गर्ने काम भइरहेको छ ।चाडै नै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको क्यापिटलले जनाएको छ । लघुविततले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ ।
ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले यही माघ २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको । कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता तथा स्थानिय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो ।
निष्कासन गरिने कुल शेयरमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ भने ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताहरुले बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन दिन सक्नेछन् । सो शेयर खरिदका लागि माघ २७ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा फागुन ७ गतेसम्म म्याद थप गरिनेछ ।
आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा कम्पनीलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको आधार जनाउँदछ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ।
सिंगटी हाइड्रो पावरले यतिबेलो पहिलो चरणमा आयोजना प्रभावित स्थानियको लागि आईपीओ खुल्ला गरेको छ । कम्पनीले निष्कासन गरेको उक्त आईपीओ बिक्री पश्चात कम्पनीले दोस्रोचरणमा सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीको आईपीओ बिक्री प्रबन्धका अनुसार फागुन पहिलो साता सर्वसाधारणको लागि कम्पनीको आईपीओ निष्कासन गर्ने तयारी भइरहेको छ । ‘कम्पनीले पहिलो चरणमा आयोजना प्रभावितको लागि माघ ४ गतेबाट आईपीओ बिक्री खुल्ला गरेको छौं । क्यापिटलले भन्यो, ‘पहिलो चरणको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणको लागि दोस्रो चरणमा आईपीओ निष्कासन गर्ने योजना छ ।’
कम्पनीले सर्वसाधारणको लागि एक सय रुपैयाँ अंकित दरमा २९ करोड बराबरको २९ लाख कित्ता बिक्री गर्ने क्यापिटलले जनाएको छ।सार्वजनिक निष्काशन गर्नका लागि गराइएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी माइनस (आइएस) रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालले ८८ प्रतिशत हकप्रद शेयर जारी गर्दै
मंसिर ७, २०८१ शुक्रबार
अपि पावरको साधारण सभाले पारित गर्यो ४९ मेगावाटमा लगानी गर्ने प्रस्ताव
कात्तिक १२, २०८१ सोमबार
विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा प्रभु क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन
कात्तिक ११, २०८१ आइतबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुनिश्चिताको माग
मंसिर १३, २०८१ बिहिबार
तीनै तहका सरकारबीच सहकार्य आवश्यक: मुख्यमन्त्री कार्की
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने
मंसिर १३, २०८१ बिहिबार
एनपिएलः एनसेल फाउन्डेसनले प्रत्येक चौकामा शैक्षिक सामग्री वितरण गर्ने
मंसिर १३, २०८१ बिहिबार