के शेयरबजार अब घट्ने नै हो ? दुई कम्पनीमाथि नेप्सेकाे कारबाही
नेपालबहस संवाददाता
माघ १८, २०७७ सोमबार ०:१९:३५
१८ माघ, काठमाडौं । लगातार उकालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने उच्च अङ्कले ओरालो लागेको छ । गत बिहीबारबाट नै आह्रालो लागेको बजारले आज नयाँ नयाँ रेकर्ड बनाउँदै अगाडि बढेको छ । नेप्सेमा आज देखिएको गिरावट पछिल्ला दिनमध्येको कारोबारको सबैभन्दा धेरै हो ।
नेप्से ५४.७५ अङ्कले ओरालो लागेर दुई हजार ३७०.५४ मा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ९.७३ अङ्कले ओरालो लागेर ४३२.३३ मा ओर्लेको छ । कूल २०६ कम्पनीको एक करोड ६२ लाख ७७ हजार २४५ कित्ता शेयर रु आठ अर्ब ९७ करोड ३२ लाख ६ हजार ४५० मा खरिद बिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ ४२.०३, व्यापार १९.९६, होटल २३.०२, विकास बैंक ५१.४६, जलविद्युत् ३७.१२, निर्जीवन बीमा २६४.०४, उत्पादन १३२.९५, अन्य २५.५९, लघुवित्त १२१.२३, जीवन बीमा ४६०.३७ र सामूहिक लगानी कोष ०.०६ अङ्कले ओरालो लागेको छ ।
कारोबार भएका कम्पनीमध्ये नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४३ करोड ४३ लाख ७६ हजार ४५२ बराबरको कारोबार भएको छ । यस्तै शिखर इन्स्योरेन्स रु ३४ करोड ७९ लाख ९५ हजार ७५, प्रभु लाइफ इन्स्योरेन्स रु ३१ करोड ८२ लाख २६७, एनआइसि एशिया बैंक रु ३० करोड ८७ लाख २० हजार ७८, नेपाल दूरसञ्चार कम्पनी रु ३० करोड ६२ लाख ६५ हजार २१, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रु २८ करोड ८३ लाख ३८ हजार ९७८, नेको इन्स्योरेन्स रु २३ करोड १३ लाख ९८ हजार ७३२, हिमालयन डिस्टिलरी रु २१ करोड ७३ लाख दुइृ हजार ८४९ र प्रभु बैंक रु २१ करोड ६६ लाख ५६ हजार २०२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबार भएका कम्पनीमध्ये प्रभु लाइफ इन्स्योरेन्स ९.९३, सगरमाथा इन्स्योरेन्स ८.७३, सिभिल लघुवित्त ६.०२, नारायणी डेभलपमेन्ट बैंक ५.७८, कालिका माइक्रोक्रेडिटका लगानीकर्ताले ४.४९ कमाए ।
यस्तै, रिलायन्स फाइनान्स ८.३०, गुर्खाज फाइनान्स ७.८३, युनाइटेड इदी मदी हाइड्रोपावर ७.६६, गुडविल फाइनान्स ७.५४ र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले ७.४१ प्रतिशतले गुमाए ।
के बजार घट्ने नै हाे ?
बजार गत बिहीबार बन्दा हुँदा १६ दशमलव ५५ अंकले घटेकाे थियाे भने आज ५४ दशमलव ७५ अंकले घटेकाे छ । दुई दिनकाे काराेबार हेरेर शेयरबजार घटेकाे नै हाे भनेर ठाेकुवा गर्ने आधा भने छैन । तर, काराेबार रकम नाै अर्व हाराहारी नै हुनुले बजारमा यसकाे प्रभाव अझ केहीदिन पर्न सक्ने अनुमान लगानउ सकिन्छ ।
बजार घट्ने वा बढ्ने कुराकाे लागी भने अझ केही दिनकाे काराेबार हेरेर मात्रै थाहा हुने शेयर विश्लेषककाे भनाइ छ । बजार विश्लेषकका अनुसार याे बजारकाे करेक्सन मात्रै पनि हुन सक्छ । लामाे समयदेखि निरन्तर बढेकाे बजारमा केही दिनकाे काराेबारमा करेक्सन देखिन सक्छ । यस्ताे बेलामा लगानीकर्ताकाे धैर्यता गुम्न पुग्याे भने अल्पकाली र बजार खेलाउने लगानीकर्ताले मनग्य फाइदा उठाउन सक्छन् ।
तर, नयाँ लगानीकर्ता भने बजार घटबढकाे मेलाे नपाउँदा र बजार हल्लाकाे पछि लाग्दा ठुलाे रकम कमाउन भन्दा गुमाउन पुग्ने संभावना पनि उत्तिकै रहन्छ । साेही कारण घटेकाे बजारमा शेयर बेच्न हातर गर्न नहुने विश्लेषहरू बताउँछन् ।
दुई कम्पनीको कारोबार रोक्का
नेपाल स्टक एक्सचेञ्जले विशाल बजार कम्पनी र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको दोस्रो बजार कारोबार रोक्का गरेको छ । प्रत्येक आर्थिक वर्षको लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको पाँच महिनाभित्र नेप्सेमा पेश गर्नुपर्नेमा त्यसो नगरेको पाइएपछि ती दुई कम्पनीको शेयर कारोबार रोक्का गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १४, २०८१ शुक्रबार
आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा हल्का वर्षा
मंसिर १४, २०८१ शुक्रबार
अरबौको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
बालाचतुर्दशीमा बत्ती बाल्न र सद्बीज छर्न कुनै शुल्क नलाग्ने
मंसिर १३, २०८१ बिहिबार