चितवनका घुमुवा २ साता मै फिर्ता, फेरि असुली शुरु
नेपालबहस संवाददाता
माघ १८, २०७७ सोमबार १:५:२६
१८ माघ, चितवन । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी नान्तिराज गुरङका घुमुवाका रुपमा कार्यरत रही बदनाम भएपछि गृहमन्त्रालयको आदेशमा प्रहरी प्रधान कार्यालय तानिएका ३ जना घुमुवा प्रहरीहरु २ सातामै फिर्ता भएका छन् । अनुसन्धानको लागी भन्दै प्रहरी हेड्क्वाटर तानिएका चितवनका दुई हवल्दारसहित एक असई केही दिन अघि पुनः चितवनमै फिर्ता भएका हुन् ।
फिर्ता भएका घुमुवा टोलीलाई घुमुवा नबस्ने शर्तमा चितवन पठाइएको भएपनि उनीहरु अहिले पुनः घुमुवामा नै बसेर असुली धन्दालाई निरन्तरता दिइएको स्रोतले बताएको छ । यसरी फिर्ता हुने प्रहरीहरुमा असई सुरज रिमाल, हवल्दार दीपक रावत र संजयकुमार यादव रहेको भरतपुर विमानस्थलको सुरक्षामा खटिएका एक प्रहरीले आफ्नो नाम नबताउने शर्तमा बताए ।
ती प्रहरीका अनुसार हवल्दार रावतले असई सुरज रिमाललाई सँगै लिएर हिंड्ने र घुमाउने गर्दै आएका छन् । घुमुवा कमाण्डर रिमालको घर पश्चिम चितवनको शिवनगर रहेको र उनले उच्च माध्यमिक शिक्षा समेत सप्तगण्डकी बहुमुखी क्याम्पसबाट नै गरेको हुनाले पनि उनको उठबस त्यहाँका विद्यार्थीहरुसँग बाक्लो हुने गरेको एक प्रहरी जवान बताउँछन् । उनी जुनियर प्रहरी तालिम केन्द्र भरतपुरबाट पासआउट भएलगत्तै काजमा चितवन आई घुमुवा कमाण्डर बन्न सफल भएका थिए ।
यता, बारम्बार बदनाम भइरहने हवल्दार दीपक रावतलाई चितवन प्रहरीले घुमुवाको जिम्मेवारीबाट नहटाउनुले पनि पुनः चोरलाई चौतारी सरह जस्तै भएको कप्रका एक प्रहरी हवल्दारले आफ्नो नाम नबताउने शर्तमा नेपालबहसलाई जानकारी दिएका छन् । ती प्रहरी ठोकुवा गर्दै भन्छन्, कर्णाली प्रदेश स्थायी घर भई चितवनमा जवानदेखि जागिर खाँदै बसेका प्रहरी हवल्दार रावतले घनगडा मन्दिरमा २ तल्ला घर नै ठहर्याउन /कसरी सम्भव भयो ? एउटा हवल्दारको तलब २८/३० हजार हुन्छ ।
त्यसैगरी, उनको श्रीमती प्रहरी हवल्दार शान्ता रावल पनि चितवन प्रहरीमै छन् । उनको पनि तलब २८/३० हजार गरेर दुई जनाको तलब ६० हजार हुन्छ । यो तलबले खाने कि घर बनाउने ? क्यान्टिनमा रहँदादेखि नै निक्कै विवादत र बदनाम भएका हवल्दार रावतले घुमुवामा बसेर सबै सेटिङ गर्ने गरेको मकवानपुर दरबन्दी भई चितवन प्रहरीमा कार्यरत अर्का एक प्रहरी जवानले आफ्नो नाम नबताउने शर्तमा बताए । उनले पनि दुई साता गणमा थन्किएर चितवन फिर्ता भएका हवल्दार रावतसहितका प्रहरीलाई अनिवार्य ड्युटीमा खटिनुको सट्टा चितवनका एसपी गुरुङले नै पुनः घुमुवाको जिम्मेवारी दिनुले आर्थिक चलखेल रहेको प्रष्ट हुने बताए ।
चितवनको इतिहासमा एकैपटक ३ जना घुमुवा तानिएको यो पहिलो रेकर्ड हो । तर, उजुरी छानबिन शाखामा डीएसपी अवधेश बिष्टको सेटिङमा उनीहरु पुनः चितवन फिर्ता भएको स्रोत दाबी गर्छ । स्रोत भन्छ, उजुरी छानबिन शाखाका तत्कालीन एसएसपी उमेश रञ्जितकार डीआईजीमा बढुवा भएर गएसँगै निमित्त कार्यालय प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका डीएसपी बिष्टले नै सेटिङको आधारमा उनीहरुलाई चितवन पठाइएको स्रोत बताउँछ । सो स्रोतका अनुसार यसमा २/३ लाखको डिल भएको हुनसक्छ ।
बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौडाले केही समय अघिमात्र असई र सईको सरुवा निकालेको थियो । जसमा घुमुवा रिमालको सरुवा दरबन्दी रहेको हेटौडा गणबाट हाल धादिङ सरुवा भएकोमा निजलाई उसको दरबन्दीमा रमाना दिन एसपी गुरुङले नचाहेको बताइएको छ । जबकी प्रदेश प्रहरी कार्यालयले सरुवा भएको स्थानमा सबै प्रहरी कर्मचारीलाई रमाना गर्न बारम्बार ताकेता गरेपनि एसपी गुरुङले डीआईजीको आदेशलाई रद्धीको टोकरीमा हाल्ने काम भएको छ ।
मजबुर कार्यालयको निर्देशनलाई समेत चितवनका एसपीले बारम्बार कार्यान्वयन गर्दैनन् । मिडियाबाजी गराएको आरोपमा एकमहिना अगाडि मात्रै ईप्रका भण्डाराका सई भानु आर्चायलाई प्रहरी निरीक्षक राजीव गिरिको रोहवरमा एसपी गुरुङले धादिङ रमाना गरेका थिए । तर आफूसँगै अध्ययन गर्ने बिद्यार्थी तथा शिवनगरका एक स्थानीयमार्फत जुवाको सेटिङ गर्ने, प्रति जुवाघर ५ हजारमा कुरा मिलाउने र त्यसका लागि बिचौलिया खडा गर्ने उनको धन्दा निरन्तर चलिरहेको छ । एसपीको नाममा ब्रम्हलुट मच्चाउँदा पनि एसपी गुरुङलाई उनै असई रिमाल नभै हुँदैन ।
एसपी गुरुङले आफ्नो फेसबुक वालमा शेयर गरेको समाचार हाल हटाएका छन्:-
चितवन जस्तो संवेदनशिल जिल्लामा परिपक्क घुमुवा कमाण्डर खटाउनु पर्नेमा जसले पैसा उठाउन सक्छ त्यसैलाई प्राथमिकतामा राखेर एसपीले असुलीका लागि परिचालन गर्दै आएका छन् । यसअघि चितवनमा ४ जना प्रहरीहरु घुमुवाका रुपमा रहेको भएतापनि पैसा उठाउनकै लागि अहिले १६ जना प्रहरी परिचालित छन् । जसमा दुईजना महिला प्रहरी जवान पनि रहेका छन् ।
स्मरणरहोस्, चितवन प्रमुख गुरुङ घुसमा कतिसम्म लिप्त छन भन्ने कुरा केही दिन अघि प्रदेश प्रहरी कार्यालयबाट सईको कमाण्डमा खटिएको प्रहरी टोलीले २१ सय रुपैयाँ घुससहित ३ प्रहरीलाई नियन्त्रणमा लिएर निलम्बन गरेको घटनाले पुष्टि गर्छ । त्यसमा आफु बदनाम हुने देखिएपछि एसपी गुरुङले आफू निकटका पत्रकारलाई मैले समातेको हुँ भनि दावीसहित समाचार लेख्न लगाएपछि डीआईजी बसन्तकुमार लामाले टेलिफोन नै गरेर उनलाई हप्काएका थिए भने उनीमाथि स्पष्टिकरण समेत सोधिएको थियो ।
एसपीले लेखाएको उक्त समाचार डीआईजीले तुरुन्तै डिलिट गर्न लगाएका थिए भने अन्तिम चेतावनी समेत प्रदेश प्रहरी कार्यालयले दिएको थियो । उनको असुलीधन्दाले चितवनका सबै प्रंहरी कर्मचारी दिक्क छन तर अनुशासनका कारण कोही बोल्न वा बिरोध गर्न सकिरहेका छैनन् ।
र याे पनि:-
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनब्बे लाख बराबरको औषधीजन्य सामाग्रीहरूसहित ट्रक नियन्त्रणमा
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार
उपत्यकाबाट हराएका २७ मोटसाइकल फेला
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार