श्री कृष्ण प्रणामी युवा परिषद नेपालको बार्षिक उत्सव सम्पन्न
नेपालबहस संवाददाता
माघ १९, २०७७ सोमबार २०:१४:३७
१९ माघ, झापा । श्री कृष्ण प्रणामी युवा परिषद नेपालको ३० औं बार्षिक उत्सव सम्पन्न भएकाे छ । प्रणामी युवा परिषद नेपाल प्रारम्भिक समिति दमक झापाद्वारा बिबिध कार्यक्रम साथ बार्षिक उत्सव सम्पन्न भएकाे हाे ।
दमकस्थित श्रीकृष्ण प्रणामी मन्दिरको संयोजनमा दमक युवा परिषदले दमकस्थित अनाथ बाल तथा बृद्धाश्रममा रहेका बालबालिकाहरुलाई खाद्यान्न तथा फलफुल वितरण गरि बार्षिक उत्सव कार्यक्रम मनाइएको युवा परिषद दमक प्रा.स.का सचिव ज्योति न्यौपानेले नेपाल बहस डटकमलाई जानकारी दिएका हुन् ।
उनका अनुसार प्रत्येक बर्ष बिभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आइरहेको दमक युवा परिषद प्रारम्भिक समितिले दमकमा सरसफाई, खानेपानी वितरण, अनाथ तथा अशक्तहरुका लागि आर्थिक सहयोग, बिद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
श्रीकृष्ण प्रणामी मन्दिर दमकका उपाध्यक्ष प्रेम भट्टराईको सहयोग र सल्लाहमा दमकका युवा परिषद प्रारम्भिक समितिले दमकमा उल्लेख्य कामहरु गरिरहेको छ । मन्दिर आफैमा सत्कर्म र सद्बिचार पस्कने ठाउँ हो जहाँबाट एक आध्यात्मिक र धार्मिक ब्यक्तित्वहरु उत्पादन हुने गर्दछ । प्रणाी धर्ममा लागेका युवाहरुको सकृयताले दमकका अन्य युवाहरुलाई समेत सामाजिक कार्यमा लाग्न र कुलतमा फँस्नबाट बचाउने गरेको प्रणामी मन्दिरका सदस्य तिलचन भट्टराईले बताए ।
बाल तथा बृद्धाश्रमका प्रबन्धक तथा श्रीकृष्ण प्रणामी मन्दिर दमकका पूर्व पुजारी महाराज हरिप्रसाद अर्यालले सहयोगी भावनाका धनी प्रणामी युवा परिषद प्रारम्भिक समिति दमकको टिमलाई सामाजिक कार्यमा लागिरहन हौसला प्रदान गर्दै यस्ता कामहरुबाट समाजमा समेत सकारात्मक सन्देश जाने र सहयोगी भावनामा वृद्धि हुने कुरामा जोड दिंदै आगामी दिनमा समेत यस्ता कामको राखेको बताए ।
युवा परिषदले आश्रममा रहेका बालबालिकाहरुका लागि झुल तथा दाल, चाम, चाउचाउ, भुजा, चना, चिउरा, खानेतेल लगायतका खाद्य तथा भौतिक सामाग्रिहरु बितरण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार