दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नहुँदा सेवा प्रभावित
नेपालबहस संवाददाता
माघ १९, २०७७ मंगलबार ०:४५:४७
१९ माघ, अमरगढी । डडेल्धुरा अस्पताल सङ्कटमा गुजुँदै गएको छ । विसं २०७० मा टिम अस्पताल र जिल्ला अस्पताल डडेल्धुरा गाभेर उपक्षेत्रीय अस्पताल बनाइएको केही समय अगाडि २०७५ फागुनमा नेपाल सरकारले सुविधा सम्पन्न बनाउने उद्देश्यले प्रदेशबाट संघ मातहतमा राखिएपछि झनै सङ्कटमा परेको छ ।
सो अस्पतालमा १९ विशेषज्ञ चिकित्सकको दरबन्दी छ । यहाँ अहिले छात्रवृत्ति र करारमा गरी १२ मात्रै विशेषज्ञ चिकित्सक रहेका अस्पतालका निमित्त प्रमुख डा जगदीशचन्द्र विष्टले जानकारी दिए । “अस्पतालमा तीनजना विशेषज्ञ चिकित्सक मेडिकल अधिकृतको दरबन्दीमा छौँ, नौजना चिकित्सक छात्रवृत्ति र करारमा काम गरिरहेका छन्”, उनले भने ।
हाल अस्पतालमा १८ जनाको मेडिकल अफिसर दरबन्दी भए पनि चारजना मात्र रहेका डा. विष्टले बताए । तीस स्टाफ नर्समध्ये सातजना मात्र कार्यरत अस्पतालमा पछिल्लो करारबाट पदपूर्ति गर्ने गरी विज्ञापन गरिएको छ । अन्य प्राविधिक स्वास्थ्यकर्मीको पनि अस्पतालमा अभाव रहेको उनले बताए ।
दरबन्दी अनुसारका चिकित्सक सात वर्षको अवधिमा कहिले पनि रहेनन् । टिम अस्पतालबाट उपक्षेत्रीय हुँदै हालै मात्र विशेषज्ञ चिकित्सकसहितको सो अस्पताल घोषणा गरिए पनि अस्पतालमा कति दरबन्दी रहने र खर्चको विवरण के हुने भन्ने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबुर्तिबाङ अस्पताल : झुपडीदेखि ५० शय्याको अस्पतालसम्म
पुष १९, २०८१ शुक्रबार
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल
पुष १६, २०८१ मंगलबार
बागलुङको बुर्तिवाङमा बन्यो ५० शय्याको अस्पताल
पुष १४, २०८१ आइतबार
सशस्त्रका डीआईजी धौबजी काठमाडौंमा, सर्लाही र सिराहाको घटनाबारे सोधपुछ
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
१८ जना उपसचिवले सहसचिवमा र ५७ शाखा अधिकृतले पाए उपसचिवमा बढुवा हुने अवसर
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
आज राति उल्का वर्षा हुने
नेपालबहस संवाददाता
पुष १९, २०८१ शुक्रबार
विराटनगर महानगरपालिकाको बजेट खर्च १९ दशमलव ८७ प्रतिशत मात्रै
पुष २१, २०८१ आइतबार
काठमाडौं ताराले सम्पन्न गर्यो क्लब भिजिटसहितको पिकनिक कार्यक्रम
पुष २१, २०८१ आइतबार
अर्थतन्त्र सुधारका लागि सरकारले विशेष जोड दिनुपर्छः महामन्त्री थापा
पुष २१, २०८१ आइतबार
‘स्वास्थ्य क्षेत्र सुधारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौँ’
पुष २१, २०८१ आइतबार
एकताका लागि संवाद गर्न लोसपाले बनायो समिति
पुष २१, २०८१ आइतबार