ऐतिहासिकस्थल डुम्रेकोटगढीको संरक्षणमा स्थानिय तह
नेपालबहस संवाददाता
माघ २०, २०७७ मंगलबार १८:३६:४८
२० माघ, खोटाङ । रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा पर्ने ऐतिहासिकस्थल डुम्रेकोटगढी र कोटगढीको संरक्षण शुरु गरिएको छ । करीब ३०० वर्षअघि बाइस–चौबिसे राज्यको पालामा किराँत वङ्शीय शासकहरुले राज्य सञ्चालन गरेको उक्त थलोलाई संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त गढीहरुको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको हो ।
ऐतिहासिक स्थलको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गाउँपालिकाभित्र पर्ने सबै गढीको संरक्षण एवम् स्तरोन्नतिको काम शुरु गरिएको छ । छिमेकी जिल्ला सोलुखुम्बुसँग सिमानामा जोडिएको उक्त ठाउँमा रहेको गढीको मुख्य भागमा रहेको बङ्कर, इनारलगायतको अवशेष अझै पनि देख्न सकिन्छ । गढी संरक्षण गर्न गाउँपालिकाबाट करीब रु नौ लाख बजेट खर्च गरिसकिकेको छ ।
भग्नावशेषमात्र रहेको उक्त कोटगढीमा प्रवेशद्वार, पदमार्ग, घेराबारलगायत भौतिक संरचनाहरु निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटक अवलोकनका लागि आउन थालेका छन् । वरिपरि गाउँबस्तीले घेरिएको कोटगढीमा अहिले ठूलाठूला सल्लाका रूखहरु छन् । उत्तिकै उचाइमा रहेको सुलिडाँडा चाहिँ नाङ्गो छ । कोटगढीको टुप्पोमा करीब १० मिटरको गोलाकार बङ्करजस्तो इनार छ ।
तत्कालीन समयमा कोटगढीमा निर्माण गरिएका इनारमा सेनाहरुले दूधकोशीको पानी बोकेर भण्डारण गर्ने गरेको स्थानीयले बताउछन् । डुम्रेकोटगढी तथा कोटगढीबीच एकापसमा सम्बन्ध रहेको देखिन्छ । यीमध्ये डुम्रेकोटगढीमा बस्ने राजा तथा सैनिकका लागि आवश्यक पर्ने पानी भण्डारण गर्न कोटगढीमा इनार निर्माण गरिएको जनाइएको छ ।
तत्कालीन समयमा उक्त कोटगढीमा दशैँको फूलपातीको दिन हातहतियार सरसफाइ गर्ने गरिएको बताइएको छ । फूलपातीमा सरसफाइ गरिएको हातहतियारलाई नवमीमा गोरुको बलि दिने गरिएको थियो । दश स्थानीय तह रहेको जिल्लामा अन्य स्थानीय तहले पनि ऐतिहासिक तथा पर्यटकीयस्थलहरुको संरक्षण तथा स्तरोन्नतिको काम गरिरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठकमा अवरोध जारी रहन्छ : कांग्रेस
जेठ ६, २०८१ आइतबार
कांग्रेसले बोलायो संसदीय दलको बैठक
जेठ ६, २०८१ आइतबार
गृहमन्त्रीले फाईल खोलिदिउँ भन्ने होइन, धमाधम फाईल खोल्ने हो : गगन थापा
जेठ ६, २०८१ आइतबार
यान्त्रिक चेकिङ्गमा ७४ जना चालक कारबाहीमा
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार