वरिष्ठ पत्रकार चुडालद्धारा खड्कालाई कोभिड बीमाको रकम हस्तान्तरण
नेपालबहस संवाददाता
माघ २०, २०७७ बुधबार १:१४:४०
२० माघ, काठमाडौं । मिसन मिडिया क्लवले पत्रकार महासंघ उपत्यका प्रदेशका कोभिड संक्रमित पत्रकार विदुर खड्कालाई कोभिड बीमाको एकलाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिको कार्यकक्षमा वरिष्ठ पत्रकार देवेन्द्र चुडालले पत्रकार खड्कालाई बीमा वापतको चेक हस्तान्तरण गरेका थिए । पत्रकार खड्का महासंघ काठमाडौं शाखामा आबद्ध छन् ।
पत्रकार महासंघ उपत्यका प्रदेश समितिका महासचिव एवं क्लबका अध्यक्ष श्रीजन झाले कोभिड–१९ को सङ्क्रमणको बढ्दो जोखिमको समयमा आफ्नो कर्मक्षेत्रमा क्रियाशील नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समिति अन्तरगत रहेका काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको सुरक्षाको लागि क्लबको तर्फबाट पत्रकार कोभिड बीमा’ कार्यक्रम सञ्चालन गरेका थिए ।
यसअघि कोभिड संक्रमित पत्रकार विदुर थापा, संजय केसी, सविन शर्मा, रामहरि कार्की, शुशीलबन्ध थापा, गोकुल कार्की, निरज रञ्जित, अमृत अधिकारीलाई कोभिड बीमाको रकम हस्तान्तरण गरिसकेको प्रदेश समितिका महासचिव झाले जानकारी दिएका छन् । चेक हस्तान्तरण कार्यक्रममा पत्रकार शाश्वत शर्मा ,निरज रन्जित लगायतको उपस्थित रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआइजीआई प्रुडेन्सियल इन्स्योेरेन्समा ६ सञ्चालक निर्वाचित
फागुन २०, २०८० आइतबार
कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताको तालिम सम्पन्न
कात्तिक २३, २०८० बिहिबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
रविको ‘रिभेन्ज’ अभिव्यक्ति र भ्रष्टाचारको सौदाबाजी !
जेठ ८, २०८१ मंगलबार
उपप्रधानमन्त्री रघुवीर महासेठको सम्पत्ति दुई वटा घरसहित २ करोड नगद, ४३ तोला सुन
जेठ ८, २०८१ मंगलबार
मन्त्रिपरिषदका कुन सदस्यको कति सम्पति ?
जेठ ८, २०८१ मंगलबार
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आईपीभी’ खोप लगाइने
जेठ ८, २०८१ मंगलबार
गण्डकीको सरुवा रोग अस्पताल भवन निर्माण सुस्त
जेठ ८, २०८१ मंगलबार
राष्ट्रपति रायसीको अन्त्येष्टि समारोह सुरु
जेठ ८, २०८१ मंगलबार