पर्यटकीय क्षेत्रहरुमा पुग्न पदमार्ग महत्वपूर्ण
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १४:५०:५२
२१ माघ, चरिकोट । प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी पदमार्ग निर्माण गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगारको पहिचान गरी नगरपालिकाले वडा नं २ र ४ मा पदमार्ग निर्माण गरेको हो ।
नगरपालिकालको वडा नं २ को मञ्जुश्री उद्यानदेखि भ्यूटावरसम्म र वडा नं ४ जिलुको वृन्दावनदेखि साहित्य उद्यानसम्म आकर्षक पदमार्ग निर्माणको काम भइरहेको छ । वडा नं २ को मञ्जुश्री उद्यानदेखि वडा नं ६ को भ्यूटावरसम्म करिब रु ३१ लाखको लागतमा दुई किलोमिटर पदमार्ग निर्माण गर्न लागिएको र करिब तीन हजार ६०० सिँढी निर्माण गर्ने योजनाका साथ काम भइरहेको भीमेश्वर नगरपालिकाका रोजगार संयोजक डम्बरप्रसाद ओलीले बताए ।
संयोजक ओलीका अनुसार वडा नं ४ को बृन्दावनमा रु २० लाख ६८ हजारको लागतमा एक हजार ८०० मिटरको पदमार्ग निर्माणको काम धमाधम भइरहेको छ । भीमेश्वर नगरपालिकाले बेरोजगार सूचीमा आवेदन गरेकाहरुको पहिचान गरी आवश्यकताअनुसार विभिन्न विकास निर्माणको काममा परिचालन गरेको हो ।
भीमेश्वर नगरपालिकाले नगरवासीको गौरवको आयोजनासँगै पर्यटन प्रवद्र्धन तथा जीविकोपार्जनलाई समेत विशेष महत्वका साथ हेरिएको र समग्र क्षेत्रमा विकास गराउने उद्देश्यले काम गरिरहेको नगरपालिकाका प्रवक्ता हरिवंश चौलागाईँले बताए। नगरपालिकाले पर्यटकलाई लक्ष्य गरी विभिन्न क्षेत्रमा उद्यान, पोखरी, भ्यूटावरको निर्माण गरिसकेको र पर्यटकीयस्थलको पहिचान गरी पूर्वाधार विकासका काम गरिरहेको प्रवक्ता चौलागाईँले बताए ।
सांस्कृतिक धार्मिक प्राकृतिकरूपमा विभिन्न ठाउँमा नगरपालिकाले निर्माण गरेको पर्यटकीय क्षेत्रहरुमा पुग्न तथा पर्यटन प्रवद्र्धनका लागि पदमार्ग महत्वपूर्ण मार्गको रूपमा हेरिएको छ । नगरपालिकाले बेरोजगारको पहिचान गरी रोजगार दिएर आफूलाई विकास निर्माणका काममा लगाएको वडा नं ४ का तिलकप्रसाद सापकोटाले खुशी व्यक्त गरे । पदमार्ग निर्माण सम्पन्न भएसँगै बृन्दावन, महाँकाल मन्दिर, जलेश्वर मन्दिर, एकीकृत नमूना बस्तीलगायत धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्न सकिन्छ ।
भीमेश्वर नगरपालिकामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका तीन हजार ५६६ जना प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा सूचीकृत भएका छन् । रोजगारीका लागि एक हजार ७६१ पुरुष र एक हजार ८०३ महिला रोजगार कार्यक्रममा सूचीकृत भएको रोजगार संयोजक ओलीले बताए । रोजगार कार्यक्रमा सूचीकृत भएकामध्ये वडा नं २ र ४ का पदमार्ग निर्माण गर्न लागेको र अन्य वडामा त्यस्तै निर्माणको काममा लगाउने तयारी भइरहेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकाहरूले कम्तीमा १०० दिनको रोजगारी पाउने व्यवस्था रहेको छ । बेरोजगार रहेकालाई विकास निर्माणको काम लगाउने र भुक्तानी गरिने हुँदा ग्रामीण क्षेत्रमा यो कार्यक्रम निकै लोकप्रिय बन्दै गएको छ । ज्याला मजदुरीमा काम गर्दा सम्मान काममासमेत महिला पुरुषको बीच ज्यालामा विभेद भइरहेको अवस्थामा यो कार्यक्रममले सम्मान ज्याला वितरणले थप लोकप्रिय बनेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती
मंसिर १४, २०८१ शुक्रबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार
छोराले धारिलो हतियार प्रहार गर्दा वृद्ध बुवा गम्भीर घाईते
मंसिर १६, २०८१ आइतबार
दिल्लीमा केजरीवालका अर्का बिधायक पक्राउ
मंसिर १६, २०८१ आइतबार