ताप्लेजुङमा औद्योगिक ग्राम बनाउनैमा अलमल
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १६:३५:३०
२१ माघ,फुङ्लिङ । नेपाल सरकारले प्रत्येक स्थानीय तह एक औद्योगिक ग्रामको घोषणसँगै ताप्लेजुङको स्थानीय तहमा औद्योगिक ग्राम निर्माणका लागि तीन वर्षमा पनि जग्गा व्यवस्थापनमै अलमल भएको छ ।
नेपाल सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम घोषणा तथा सञ्चालन कार्यविधि २०७५ स्वीकृत भई कार्यान्वयनमा छ । पहिलो चरणमा ताप्लेजुङको मैवाखोला गाउँपालिका, आठराई त्रिवेणी गाउँपालिका र सिरिजङ्घा गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि छनोट भएको थियो । औद्योगिक ग्राम स्थापनाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले परिपत्र गरेको दुई वर्ष पूरा भएर तीन वर्ष हुँदैछ । तीन वर्षमा पनि औद्योगिक ग्रामको उपलब्धि शून्य प्रतिशत नै छ ।
मैवाखोला गाउँपालिका औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक ३० रोपनी जग्गा निःशुल्क उपलब्ध हुन नसकेकाले प्रक्रिया अगाडि बढ्न नसकेको मैवाखोला गाउँपालिकाले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि आवश्यक ३० रोपनी निःशुल्क जग्गादाता तयार भए पनि जग्गादाता एक जना जिल्ला बाहिर भएकाले औद्योगिक ग्रामका लागि जग्गा दर्तामा समय लागेको छ ।
सिरिजङ्घा गाउँपालिकामा औद्योगिक ग्राम स्थापनाका लागि विगत दुई वर्ष अगाडि नै आवश्यक कागजात घरेलु तथा साना उद्योग कार्यालयमा पेश गरेको तर अहिलेसम्म ग्रामको विषयमा घरेलु तथा साना उद्योगले प्रतिक्रिया नदिएको सिरिजङ्घा गाउँपालिकाले जनाएको छ ।
स्थानीय स्रोत साधन, कच्चा पदार्थ, प्रविधि र सीपको परिचालन गरी लघु, घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्ने उद्देश्यका साथ औद्योगिक ग्राम निर्माणको प्रक्रिया बढाइएको हो । यस्ता उद्योगको विकास र प्रर्वद्धनले रोजगारी सिर्जना गर्ने सरकारको लक्ष्य छ । साना उद्योगलाई एकीकृत गर्नका लागि हिमाली तथा दुर्गम पहाडी जिल्लामा कम्तीमा ३०, पहाडी जिल्लामा ४० रोपनी जमिनको व्यवस्थापन गर्ने निर्देशिकामा उल्लेख छ । तराईमा भने सात बिघा जमिन चाहिने छ । जग्गा व्यवस्थापन स्थानीय तहले गर्नुपर्ने छ । यसको स्वामित्व पनि स्थानीय तहकै हुने निर्देशिकामा उल्लेख छ ।
निर्देशिका अनुसार औद्योगिक ग्राममा प्रशासनिक तथा सेवा केन्द्र, हरियाली क्षेत्र, मूल सडक तथा सहायक सडक क्षेत्र, खुला मैदान तथा उद्यान, पार्किङ, लोड, अनलोड, स्वास्थ्य केन्द्र स्थापना गर्ने उल्लेख छ । कूल जग्गाको ६० देखि ७० प्रतिशत क्षेत्रमा उद्योगका लागि प्लट स्थापना गरिने छ । सातदेखि १० प्रतिशतमा हरियाली क्षेत्र बनाइने छ । विपतमा परेकाको उद्धार तथा तत्काल राख्न तीनदेखि पाँच प्रतिशत क्षेत्रको प्रयोग गरिन्छ ।
औद्योगिक ग्राममा बैंक तथा वित्तीय संस्था, दिवा शिशु स्याहार केन्द्र, अग्नि नियन्त्रणको व्यवस्था, सामान प्रदर्शनी तथा बिक्रीकक्ष, शौचालय र स्नानगृह रहने उल्लेख छ । प्राथमिक स्वास्थ्य केन्द्र, क्यान्टिन यहीभित्र रहन्छ भने उद्योग स्थापनाका लागि प्लट निर्माण गरिनेछ । गोदामघर, पानी आपूर्ति, ११ केभिए विद्युत् प्रसारण लाइन, सडक बत्ती रहने उल्लेख छ । औद्योगिक ग्राम प्रवेशमार्गको बाटो कम्तीमा १० मिटरको हुनेछ । स्थानीय तहले राष्ट्रिय भू–उपयोग नीतिअनुसार जग्गा छनोट गर्नुपर्ने छ । यो ग्रामभित्र सम्पूर्ण उद्योग अटाउनेछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
देउवा–रवी गोप्य भेटघाटः टिओआर खुकुलो बनाउने प्रस्तावप्रति ठाडै अस्वीकार
जेठ ७, २०८१ सोमबार
पशुपतिनाथको भेटी चोर्ने आठ जना पक्राउ
जेठ ७, २०८१ सोमबार
१० महिनामा दश हजार पर्यटक रारा पुगे
जेठ ७, २०८१ सोमबार
मौद्रिक नीति परिवर्तनमा कर्णालीको भूमिका महत्वपूर्ण : गभर्नर अधिकारी
जेठ ७, २०८१ सोमबार
१ सय सात किलो गाँजासहित कार चालक पक्राउ
जेठ ७, २०८१ सोमबार
धनगढीमा संघीय हिन्दू गणतन्त्रबारे छलफल
जेठ ७, २०८१ सोमबार