कृषिमा ५० करोडभन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई अनुमति दिइने: मन्त्री अर्याल
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १६:५१:२५
२१ माघ, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले नेपालमा व्यवसायिक कृषि विकासका सम्भावना तथा चुनौती बिषयक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठको सभापतित्वमा मंगलबार राजधानीमा आयोजित सो कार्यक्रम कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको शुरुवाती चरणमा चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालमा व्यवसायिक कृषि विकासका लागि देखिएका चुनौती र सम्भावनाका बारे निजी क्षेत्रका तर्फबाट धारणा राखेका थिए । सो अवसर उनले आफ्नो धारणा राख्दै कृषि क्षेत्रमा जोखिम रहेकाले व्यवसायीहरु धरासायी र उदासिन रहेको बताए ।
अध्यक्ष श्रेष्ठले कृषिमा लगानी गर्न आकर्शित गर्ने खालको प्रावधानमा कमी रहेको औल्याउदै कृषिमैत्री नीति, बैंक व्याज, लिज व्यवस्थापन, सरकारी प्याकेज, अन्तरसरकारी समन्वय, कोल्ड स्टोरेज, विचौलियाका समस्या, बफर स्टक, कृषि पर्यटन आदि बिषयमा सरकारले ध्यान दिन जरुरी रहेको उल्लेख गरे । साथै, उनले रोजगारी, भ्यालु एड, इन्सेण्टीभ उत्पादन दिने कृषि क्षेत्रमा व्यवसायिकता अभिब्रृद्धि गर्न सरकार र निजी क्षेत्र मिलेर अघि बढनुको विकल्प नरहेको उल्लेख गर्दै चेम्बरले नेपाली उत्पादनको प्याकेजिङमा सहयोग गर्न पहल गरिरहेको जानकारी दिए ।
कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि पेशा निर्वाहमुखीबाट व्यवसायिकरणतर्फ अघि बढदै गरेको उल्लेख गर्दै पछिल्लो समयमा निजी क्षेत्रले कृषि क्षेत्रमा लगानी गर्न देखाएको तदरुकताले कृषि क्षेत्रको प्रोत्साहन हुने भन्दै सर्हाना समेत गरिन । मन्त्री अर्यालले सरकारले सहजीकरणमा कुनै कसर बाँकी नराख्ने बताउदै निजी क्षेत्र र सरकारले हातेमालो गर्दै अघि बढने नीति सरकारले लिएको स्पस्ट समेत पारिन् ।
साथै, मन्त्री अर्यालले वैदेशिक लगानी खुला गर्ने सरकारको नीति बारे स्पस्ट पार्दै नेपालको कृषि क्षेत्रमा लगानी सामर्थ्य कमजोर देखिएकाले ५० करोड भन्दा बढी लगानी गर्ने विदेशी कम्पनीलाई ७५ प्रतिशत निर्यात र बाँकी नेपाली बजारमा नै बिक्री गर्ने गरी विधेयक ल्याईको र छिट्टै कार्यविधी बनाएर नेपाली लगानीलाई सुरक्षित गर्ने उल्लेख गरिन । उनले उत्पादनलाई ब्रृद्धि गर्ने गरि सो व्यवस्थाका ल्याइएकोले ढुक्क रहन पनि आग्रह गरिन ।
कार्यक्रममा कृषि मन्त्रालयका सचिव हरिबहादुर केसीले व्यवसायीहरुसँग कृषिमा आधारित रहेर विरलै मात्र अन्तर्कृया हुने गरेको स्मरण गर्दै चेम्बरद्वारा आयोजित सो कार्यक्रमले नविनता थपेको बताए । साथै सचिव केसीले ठुलो परिमाणमा कृषि उपज उत्पादन गर्न सहकारी एवम् कृषि समुहहरुबाट प्रयास हुँदै आएको उल्लेख गर्दै निजी क्षेत्रलाई पनि कृषि क्षेत्रमा ब्रिहद रुपले लगानी लगाउन आग्रह गरे ।
त्यसैगरि कृषि विभागका महानिर्देशक डा. गोविन्दप्रसाद शर्माले गैर क्षेत्रको तुलनामा कृषि क्षेत्रबाट कम लाभ हुने, जोखिम बढी रहने र उद्योगसँग जोडिन समेत नसकिएकाले उत्पादनशिल क्षेत्र ओझेलमा पर्दै आएको बताउदै कृषि क्षेत्रको विकासका लागि विभागले प्रभावकारी कार्यक्रमहरु पस्कने सोच लिएको बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले नेपाली उत्पादनको बजारिकरणमा समस्या रहेको दर्शाउँदै फसल उत्पादन पश्चातको चरणमा र खाद्य स्वच्छताको लागि बिशेष ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यक्रम माझ कृषि व्यवसायी एवम् उद्यमीहरुले कृषिमा लगानीको उच्च जोखिम रहेको, कृषिमा राज्यले दिने सहुलियत पहुँचवालाहरुमा सिमित रहेको, कफी खेती मौरीपालन आदिका क्षेत्रगत समस्या,बिउबिजन र मलको अभाव, कोल्ड स्टोरेजको अभाव, उच्च जोखिम, भुमीको भाडा दर एवम् उपलब्धतामा असहजता, पुर्वाधार विकासको अभाव, कृषिमा वैदेशिक लगानी खुला गर्ने लगायतका सरकारी नीतिगत व्यवस्था आदिमा समस्या रहेको औंल्याएका थिए ।
कार्यक्रममा चेम्बरका वरिस्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, उपाध्यक्षद्व्य कमलेश अग्रवाल एवम् दिपक मल्होत्रा, महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ, सचिव लिमा अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित
मंसिर १३, २०८१ बिहिबार
पालिकाद्वारा गाईपालक किसानलाई प्रोत्साहनस्वरुप अनुदान
मंसिर १३, २०८१ बिहिबार
मलको अभाव हुँदा खेती गर्न समस्या
मंसिर १३, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार