बुटवलमा तेस्रो लिङ्गी र महिलाहरुलाई सीप सिकाइदै, उद्यमी बनाइदै
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार १७:१८:५९
२१ माघ, बुटवल । समृद्ध बुटवलको संकल्प गर्दै उद्यमशीलतासँग सम्वन्धित बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको बुटवल उपमहानगरपालिकाभित्र बसोबास गर्ने महिला उद्यमी र तेस्रो लिङ्गीलाई शीप अनुसारका सामाग्री बितरण गरिएको छ ।
बुटवल उपमहानगरपालिका, संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (यूएनडीपी) र बुटवल टेक्निकल इन्ष्टिच्यूट (बीटीआई)को साझेदारीमा बुटवलका १६ जना तेस्रो लिङ्गी, २५ जना महिलासहित एकसय २९ जनालाई सीपमूलक तालिम प्रदान गरिएको थियो । सीपमुलक तालिम पश्चात सीप अनुसारका सामाग्रीहरु प्रदान गरिएको उपमहानगरले जनाएको छ । सीप सिकेर उद्यम गर्न चाहेका महिलाहरुका लागि औजार र उपकरण प्रदान गरिएको हो ।
नव उद्यमीहरुलाई उपकरण एव औजार वितरण गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सीपयुक्त र इलमयुक्त जनशक्ति उत्पादन गर्दै सबल आर्थिक केन्द्र, समुन्नत बुटवल बनाउने योजना रहेको बताए । यसकै आधारमा समृद्ध बुटवल खुशी जनताको संकल्प साकार पारिने प्रमुख सुवेदीको भनाई छ ।
महिलालाई आर्थिक सशक्तिकरण गर्न उद्यमशील विकास परियोजना अन्तर्गत बुटवल उपमहानगरपालिकाले साझेदार संस्थाको सहयोगमा उनीहरुलाई इच्छाएको सीप सिकाउनुका साथै सीप अनुसारको उद्यम सञ्चालनका लागि आवश्यक पर्ने उपकरणसमेत निशुल्क प्रदान गरेको प्रमुख सुवेदीको भनाई छ ।
विभिन्न सीप सिकेका महिलाहरुलाई औजार र उपकरण प्रदान गर्दै उद्यममा सक्रिय हुन हौसला बढाउने प्रयास गरिएको उपप्रमुख तथा उपप्रमुख महिला उद्यमशीलता विकास कार्यक्रमका संयोजक गुमादेवी आचार्यले बताइन् ।
कार्यक्रममा बोल्दै युएनडीपी नेपालका लुम्विनी र गण्डकी प्रदेश प्रमुख सुदिप अर्यालले महिला तथा पछाडि परेको समुहलाई उद्यमी बनाइएमा मात्रै उनीहरुको जीवनमा सकारात्मक परिवर्तन आउन सक्ने बताए । उनले भने,“दीगो विकासको लक्ष्य प्राप्तिका लागि पनि महिला तथा पछाडि परेको समूह आत्मनिर्भर र आर्थिक रुपमा सवल हुनु पर्दछ ।”
रोजगारीमा भन्दा पनि आफै उद्यम गरेर अगाडि बढ्दा प्रभावकारी हुने भन्दै अर्यालले बुटवल उपमहानगर पालिकाले गरेको काम तेस्रो लिङ्गी तथा महिलाले गरेको उद्यमकर्म सबैलाई प्रेरणाको स्रोत हुने स्पष्ट पारेका थिए । दिगोविकासको स्थानीयकरण अन्तरगत तेस्रो लिङ्गीलाई मूलधारमा ल्याई उद्यमशील बनाउनका लागि बुटवल उपमहानगरपालिका र बीटीआईले गरिरहेको प्रयासको प्रशंसा गर्दै अर्यालले भने, “सीप सिकेका महिलाहरुले उद्यम शुरु गर्नु दिगोविकासको स्थानीयकरणको एक उत्कृष्ट नमुना हो । ”
उपमहानगरपालिकाले मेयर युवा इलम र उपप्रमुख महिला उद्यमशीलता विकास लगायतका कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, बीटीआईका कार्यकारी निर्देशक प्रद्युम्नलाल श्रेष्ठ लगायतले बोलेका थिए ।
सो अवसरमा वारिस्ता तालिम, सोलार इलेक्ट्रीक, हेयर कटिंग र व्यटीपालर,फाष्टफुड, ढाका बुनाई, गारमेन्ट कटिंग र फेशन डिजाइनसम्बन्धी विभिन्न अवधिको तालिम लिएका तेस्रो लिङ्गी तथा महिला उद्यमीहरुलाई सामाग्री तथा उपकरण प्रदान गरिएको उपमहानगरका वरिष्ठ अधिकृत भुवाप्रसाद लुइँटेलले जानकारी दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु हुँदै
मंसिर १३, २०८१ बिहिबार
मकवानपुरमा साबेल प्रहार गरी साथीको हत्या
मंसिर १३, २०८१ बिहिबार
लुम्बिनी र गण्डकी प्रदेशलाई जोड्न अरुणखोलामा पुल निर्माण
मंसिर १३, २०८१ बिहिबार
पर्यटकीय स्थल पिकेडाँडा र ज्वालामाई क्षेत्रमा भरपर्दो सञ्चार सुविधा नहुँदा पर्यटकलाई मर्का
मंसिर १३, २०८१ बिहिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १३, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १३, २०८१ बिहिबार