झापामा भूमिहीनलाई धनीपुर्जा वितरण गरिदै
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २०:३२:४९
२१ माघ,कनकाई । झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ ।
जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको स्थानीय तहले बताएको छ ।
हाल कनकाईका सबै वडामा लगत सङ्कलन तथा दर्ता शिविरको कार्य तीव्रताका साथ भइरहेका कारण यसै आर्थिक वर्षभित्रमा कनकाई नगर क्षेत्रका १० हजारभन्दा बढी घरपरिवारलाई जग्गाधनी दर्ता पुर्जा वितरण गर्ने तयारी भइरहेको छ ।
जतिसक्दो चाँडो स्थानीयवासीलाई धनीपुर्जा वितरण गर्ने कार्यमा जनप्रतिनिधिका तर्फबाट आफूहरु लागेको बताउँदै स्थानीय सरकारले बताएको छ । कनकाई नगर क्षेत्रमा वषौंदेखि जोतभोग भइरहेका जमीनको धनीपुर्जा वितरणका लागि यसअघि पनि विभिन्न चरणमा आएका भूमिसम्बन्धी समस्या समाधान आयोगले धनीपुर्जा वितरणको काम गर्न नसक्दा स्थानीयवासीले गुनासो गर्दै आएका थिए ।
बसोबासका लागि बढीमा एक कठ्ठा र कृषियोग्य जमीनका लागि पाँच कठ्ठा १८ धुर जमीन जोतभोगका आधारमा कनकाईवासीले निःशुल्क पाउने र बढीमा डेढ बिघासम्म जमीन केही सीमित शुल्क लिएर धनीपुर्जा वितरण गरिने तयारी स्थानीय सरकारले गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको सभापोखरीमा चट्याङ लागेर ७२ भेडाको मरे
जेठ ७, २०८१ सोमबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
झापाको बिरिङ र निन्दामा बाढी मापन तथा पूर्व सूचना प्रणाली जडान
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन, को-को जुध्न आउने हो, आए हुन्छ : बालेन
जेठ ७, २०८१ सोमबार
अवैध बिनान्स एपमार्फत लगानी गर्ने चार जना पक्राउ
जेठ ७, २०८१ सोमबार
इरानमा पाँच दिनको राष्ट्रिय शोक घोषणा
जेठ ७, २०८१ सोमबार
१० महिनाको व्यापार, आयात र निर्यात दुबै ऋणात्मक
जेठ ७, २०८१ सोमबार
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, २१ घाइते
जेठ ७, २०८१ सोमबार
सडक आन्दोलनबारे निर्णय गर्न कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जेठ ७, २०८१ सोमबार