पशुपति राममन्दिरमा आधुनिक भवन बन्ने
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २१:३५:१७
२१ माघ,काठमाडौं । विसं २०४४ देखि नित्य अखण्ड महायज्ञ र रुद्राभिषेक भइरहेको पशुपति राममन्दिरमा पुरातात्विक महत्वको आधुनिक भवन निर्माण भइरहेको छ ।
पुरातात्विक महत्वको आधुनिक भवनमा १७ कोठा, एउटा ठूलो र एउटा मिनी हल निर्माण अन्तिमचरणमा पुगेको छ । भागवतानन्द सन्यास आश्रम एवं गुरुकुलका पीठाधीश भागवतानन्द गिरीका चेलाको रु सात करोड सहयोगमा प्राचीनशैलीको भवन निर्माण अन्तिम चरणमा पुगेको हो ।
आश्रममा गाई, ब्राह्मण, अतिथि र दरिद्र नारायणको समेत सेवा हुने गरेको छ । भवन निर्माण सम्पन्न भएपछि १०० ब्राह्मण वटुकलाई राखी नित्य अखण्ड महायज्ञ, हवन र रुद्राभिषेक गरिने छ । हाल भवन निर्माण भइरहेकाले ३० ब्राह्मणले यज्ञ गरिरहेका छन् ।
निर्माण शुरु हुनुअघि ७५ ब्राह्मणले यज्ञ गर्ने गरेका थिए । विसं २०४२ मा पशुपति क्षेत्रमा यज्ञ गर्ने ब्राह्मणको अभाव नहोस् भनी गुरुकुलीय पद्दतिमा अध्यापन हुने गरी यो आश्रम स्थापना गरिएको हो । कोष स्थापना हुनुअघि पशुपतिनाथका मूल अर्चकले राममन्दिर क्षेत्रको करीब १० रोपनी जग्गा विसं २०४० मा आश्रमलाई भोग गर्न दिएको जनाइएको छ ।
त्यहाँ बनेको पुराना संरचनामै एक तला उठाएर आधुनिक भवन बनाइएको स्वामी भागवतानन्दका उत्तराधिकारी स्वामी ध्रुवश्रीले जानकारी दिएका छन् । पशुपति क्षेत्र विकास कोषको स्वीकृति र पुरातत्व विभागको अनुमति लिएर भवन बनाइएको हो । भारतवर्षका विभिन्न स्थानबाट आउने सन्तलाई राख्नसमेत उपयोग होस् भन्ने उद्देश्यले भवन बनाइएको हो ।
पशुपति क्षेत्रमा नित्य वेदध्वनि गुञ्जायमान होस् भन्ने उद्देश्यले स्वामी भागवतानन्द गिरीले २०४२ देखि नै आश्रमसँगै गुरुकुल पनि सञ्चालनमा ल्याएका हुन । भवन निर्माण सम्पन्न भएपछि आश्रम एवं गुरुकुल सञ्चालनका लागि स्थान अभाव नहुने आश्रमले जनाएको छ । नयाँ भवनको बाहिरी काम सकी भित्री साजसजावटको काम भइरहेको छ ।
स्वामी भागवतानन्द गिरीकै सक्रियतामा उमाकुण्डमा पनि विसं २०१६ देखि अखण्ड यज्ञ सञ्चालन भइरहेको छ । उमाकुण्डमा भने ११ जना ब्राह्मणले नित्य यज्ञ चलाउने गरेको आश्रमले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपघाटु नाँच संरक्षणमा सोरबिस्नाका गुरुङ
जेठ ६, २०८१ आइतबार
दुःखबाट मुक्ति पाउन मोहिनी एकादशी पर्व मनाइँदै
जेठ ६, २०८१ आइतबार
छिन्नमस्ता जयन्ती किन मनाइन्छ, यसको महत्व के छ ?
बैशाख ३१, २०८१ सोमबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ६, २०८१ आइतबार
संसदीय छानबिन समितिको टीओआर बनाउन कानून मन्त्रीको संयोजकत्वमा कार्यदल गठन
जेठ ५, २०८१ शनिबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभाको बैठक स्थगित, अर्को बैठक भोलि बस्ने
जेठ ६, २०८१ आइतबार
इरानी राष्ट्रपति इब्राहिम रायसी चढेको हेलिकप्टर सम्पर्कविहिन
जेठ ६, २०८१ आइतबार
चार मन्त्रालयमा छड्के : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित
जेठ ६, २०८१ आइतबार
यस वर्ष धान रोपाइँका समयमा रासायनिक मलको अभाव नहुने
जेठ ६, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक शुरु, गृहमन्त्री लामिछाने बोल्दै
जेठ ६, २०८१ आइतबार