सिटिजन्स बैंक रणनीतिः आगामी वर्षभित्र ‘टप १०’ मा पर्ने, शेयरधनीलाई डबल डिजिटको लाभांश वितरण गर्ने
नेपालबहस संवाददाता
माघ २१, २०७७ बुधबार २२:४३:२७
२१ माघ, काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा असर परेको देखिन्छ । तर, सिटिजन्स बैंकको हकमा भने त्यति धेरै असर परेको देखिएन ।
मंगलबार बैंकका डेपुटी सीईओ बोधराज देवकोटा र प्रवक्त उमङ्ग शर्माले मंगलबार पत्रकारहरुसँग अन्तक्रिया कार्यक्रमको आयोजना गर्दै कम्पनीको प्रगति विवरणको फेहरिस्त सुनाए । उक्त कार्यक्रममा डेपुटी सीईओ बोधराज देवकोटाले बैंकले सूचकहरुमा राम्रो प्रगति हासिल गरेको दावी गरे ।
‘विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण धेरै बैंक तथा वित्तीय संस्थाहरुको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा असर परेको देखिन्छ तर, सिटिजन्स बैंकको हकमा भने त्यति धेरै असर परेन,’ उनले भने, ‘हामीले लिएको रणनीति र कार्ययोजना अनुसार अघि बढ्दा बैंकका अधिकांश सूचकहरुमा सकारात्मक प्रगति हासिल भएको छ ।’
बैंकले कुनै पनि वाणिज्य बैंकहरुसँग मर्ज नगर्ने रणनीति बनाएको देखिन्छ । साना अर्थात् विकास बैंक र फाइनान्स कम्पनीलाई एक्वायर गरी आफ्नो अस्तित्व जोगाउँदै प्रतिस्पर्धी बजारमा खरो उत्रिँदै ढिलोमा आगामी २ वर्षभित्र हरेक सूचकका आधारमा टपटेन बैंकमा पर्ने रणनीति अनुसार बैंकले काम गरिरहेको डेपुटी सीईओ देवकोटाले जानकारी दिए ।
कोरोना कहरकै बीच बैंकले आफ्नो ३ वर्षे रणनीति पारित गरेकाे देवकोटाले सुनाए । ‘हाम्रो मुख्य रणनीति भनेको ढिलोमा २ वर्षभित्र हरेक सूचकका आधारमा टपटेन हुने हो,’ उनले भने, ‘अहिलेको अवस्था हेर्दा अर्को वर्ष नै हामी टपटेन भित्र पर्ने विश्वास छ ।’
बैंककाे तत्तकालै सम्पन्न छैठौं विशेष साधारण सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडललाई प्राप्ति एक्विजिसन गर्ने प्रस्ताव पारित गरेको थियो । उक्त सभाले तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडको १०० कित्ता शेयरलाई सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ९६ कित्ता शेयर ९१ः०ः९६० दिने गरी शेयर मूल्य अनुपात (Share Swap Ratio) कायम गरिएको थियो ।
एक महिना भित्रमा तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गरी संयुक्त कारोबार प्रारम्भ गर्ने गरी तयारीहरु भइरहेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका अध्यक्ष राजन सिंह भण्डारीले जानकारी दिदैें डिजिटल प्लाटफर्ममा उल्लेखनीय सहभागिताका लागी शेयरधनीहरुलाई बैंक संचालक समिति सम्पूर्ण सदस्यहरुको तर्फबाट आभार प्रकट गरेका थिए ।
प्राप्तिपछि सर्वसाधारणबाट उठाएको निक्षेप करिब १२६ अर्ब रुपैयाँ पुग्ने छ भने सर्वसाधारणलाई दिएको ऋण लगानी करिव १०४ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्ति पश्चात बैंकको कुल १६३ शाखा हुनेछ । सिटिजन्स बैंकको हालको चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्ति पछिको चुक्ता पूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।
आर्थिक वर्ष ०७७ पुषसम्ममा धेरै वाणिज्य बैंकको शेयर आम्दानी घटेपनि सिटिजन्स बैंकको प्रतिशेयर आम्दानी १२ प्रतिशतले बढेको छ । यस अवधिमा सिटिजन्स बैंकको ब्याज मुनाफा १२.३९ प्रतिशतले बढेको छ । त्यस्तै फि एण्ड कमिसन १८ प्रतिशत, सञ्चालन मुनाफा २१.५ प्रतिशतले बढाएको छ । त्यस्नैगरी, बैंकको गैरब्याज मुनाफा ५३.७ प्रतिशतले बढेको छ ।
बैंकको व्यापारबाट हुने मुनाफा ७८.२८ प्रतिशतले बढेको छ । त्यसैगरी, बैंकको मुनाफा २७.६० प्रतिशत, वितरणयोग्य नाफा ३६.५५ प्रतिशतले बढेको छ । त्यस्तै, बैंकको निक्षेप र कर्जा निक्षेप १८.८५ प्रतिशतले र कर्जा ११.२७ प्रतिशतले बढेको छ । कोरोना महामारीका कारण राष्ट्र बैंकले दिएको सहुलियतका कारण गत आर्थिक वर्षमै बैंकले राहतका लागि २६ करोड रुपैयाँ खर्चिएको पनि देवकोटाले सुनाए ।
त्यस्तै, बैंककी प्रवक्ता उमङ्ग शर्माले भनिन्, आगामी वर्षहरुमा कम्तिमा पनि शेयरधनीलाई दोहोरो अंकको प्रतिफल दिने गरि अगाडि बढिरहेका छौं ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार