२५१९ पुगेर ‘रेकर्ड ब्रेक’ गरेकै दिन नेप्से किन भयो राताे ?
नेपालबहस संवाददाता
माघ २१, २०७७ बिहिबार २:१५:३०
२१ माघ, काठमाडौं । आज शेयरबजार खुलेको १५ मिनेट भित्र नै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ‘रेकर्ड ब्रेक’ गरेको थियो । आज नेप्से २५१९ को उच्च स्कोर भेटेर हिजोको अन्तिम कारोबारमा ६ अंकले गिरावट आउँदै २४६६ बिन्दूमा बन्द भएको छ ।
आज कुल २०२ कम्पनीको २ करोड २० लाख ४० हजार कित्ता शेयर कुल ९ अर्ब ५३ करोड १७ लाख रुपैयाँमा खरिद बिक्री भएको छ । आजको कारोबारले बजार पुँजीकरण ३३ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।
आज १२ उपसुचक मध्ये ४ वटामा मात्रै वृद्धि देखिएको छ भने बाँकी ८ उपसुचक ऋणात्मक भएका छन् । वाणिज्य बैंक, हाइड्रोपावर, लघुवित्त र मिच्युअल फण्ड बाहेक सबै सुचकहरु नकारात्मक देखिए । सबै भन्दा धेरै जीवन बीमा समुहमा १९७ अंकको गिरावट देखिएको छ भने विकास बैंकमा ११ अंकको गिरावट आएको छ ।
ग्लोबल आइएमई बैंक, नेपाल पुनर्विमा कम्पनी, अरुण कावेली पावर, नेपाल टेलिकम तथा नेपाल बैंकको शेयर उच्च कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सेञ्चुरी कमर्सियल बैंक, प्रभु लाइफ इन्स्योरेन् तथा एनसीसी बैंकको शेयर पनि आज उच्च कारोबार भएको छ । निरन्तर सर्किट लाग्दै एक हजार रुपैयाँ नाघेपछि मात्रै प्रभु लाइफको शेयर दोस्रो बजारमा विस्तारै किनबेच बढ्ने क्रममा देखिएको छ । नबिल बैंकसँग मर्ज हुने हल्लाका कारण एनसीसी र सेञ्चुरी बैंकको शेयरमा पनि लगानीकर्ताको आँखा परेको छ ।
राष्ट्र बैंकको नाम जोडेर बजारमा हल्ला फैलाएपछि घटेको लघुवित्तको शेयरमा भने आज सर्किट लागेको छ । घटेको शेयर मुल्यमा शेयर किन्ने लगानीकर्ताको चापका कारण माहुलि लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य र जनउत्थानको शेयरमा सर्किट लागेको हो । त्यसैगरी अरुण काबेली, आईएमई जनरल, सर्पाेट माइक्राेफाइनान्स, जनरल इन्स्योरेन्स, सानिमा माइ हाइड्रो, ग्लोबल आइएमई बैंकका लगानीकर्ताले कमाएका छन् ।
आज पोखरा फाइनान्सका लगानीकर्ताले (२३ अंक) झण्डै ८ प्रतिशत गुमाएका छन् । त्यसैगरी नारायणी डेभलपमेन्ट बैंक, मल्टिपर्पस फाइनान्स, हिमालयन जनरल इन्स्योरेन्स, प्रोगेशिभ फाइनान्स, युनाइटेड मोदी हाइड्रोपावर, लक्ष्मी लघुवित्त, एनसीसी बैंक, सनराइज बैंक डिभेन्चर–८५, गुडविल फाइनान्सका लगानीकर्ताले गुमाएका छन् ।
किन एकाएक ब्याक ?
नेप्सेमा आजको उछाल पछिको गिरावटलाई धेरैले राजनीतिक उतारचढाव सँग जोडेका छन् । केही लगानीकर्ताले भने आज टीएमएसमा आएको खराबीका कारण पनि बजारमा गिरावट आएको अनुमान लगाएका छन् । बजारमा दीर्घकालीन लगानी गर्ने र कुर्ने लगानीकर्ता भन्दा पनि अल्पकालीन लगानीकर्ताको बर्चस्व भएका कारण बजार छिट्टै बढ्ने र छिट्टै घट्ने भइरहेको बजार विश्लेषहरु बताउँछन् । आजको गिरावट अल्पकालीन लगानीकर्ताको कमजोर मानसिकताको उपज भएको बजार विश्लेषकहरूको तर्क छ ।
देशकाे राजनीति र पुँजी बजार एक अर्काका परिपुरक झैं देखिन पुगेकाे छ । देशमा राजनीतिक स्थिरता हुँदा पुँजी बजारमा ढुक्कसँग लगानी गर्ने वातावरण बन्छ । तर देशमा राजनीतिक अस्थिरता बढ्दै जाँदा लगानीकर्ता लामाे समयसम्म पुँजी बरामा लगानी गर्न तयार हुँदैनन् जसकाे असर तत्कालै देखिन्छ । यस्ताे परिस्थतीमा दीर्घकालिन साेचका साथ लगानी गर्नेहरू भने धैर्य गरेर बस्नु नै उचित हुने बजार विश्लेषाकहरू बताउँछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएलआइसी नेपालको हकप्रद सेयरमा आजबाट आवेदन दिन मिल्ने
मंसिर १२, २०८१ बुधबार
मुक्तिनाथ क्यापिटलले म्युचुअल फन्ड योजना बिक्री गर्दै
मंसिर १०, २०८१ सोमबार
प्रि-ओपन सेसनमा नेप्से बढ्यो
मंसिर १०, २०८१ सोमबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
विश्वका धनाढ्य व्यक्तिहरू सँधै जीवित रहने औषधि बनाउँदै
मंसिर १३, २०८१ बिहिबार
के तपाईं खल्ती वालेटसँग कारोबार गर्दै हुनुहुन्छ ? होशियार ! खल्ती वालेट असुरक्षित
मंसिर १३, २०८१ बिहिबार
राजनीतिक शक्ति देखाएर सीजी कम्युनिकेसनको लाइसेन्स बचाउने प्रयासमा असफल भए विनोद चौधरी
मंसिर १३, २०८१ बिहिबार
‘एनपिएल’को उत्साहपूर्वक प्रतीक्षा, विश्वका खेलाडी नेपालमा
मंसिर १४, २०८१ शुक्रबार
यस्तो आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर १४, २०८१ शुक्रबार
उपनिर्वाचनको मौन अवधि सुरु, के गर्न पाइँदैन ?
मंसिर १४, २०८१ शुक्रबार
कोप–२९ को सहमति: कार्बन बजार सुनिश्चिता कति सम्भव ?
मंसिर १४, २०८१ शुक्रबार
बालाचतुर्दशीको अघिल्लो रात पशुपतिनाथ मेला
मंसिर १४, २०८१ शुक्रबार
नेपाल प्रहरीका स्वास्थ्य समूहका चार एसपी एसएसपीमा बढुवा
मंसिर १४, २०८१ शुक्रबार