म धामी हुँ भन्दै ५० हजार ठगी, घरधनीकी छोरी पनि बेपत्ता !
नेपालबहस संवाददाता
माघ २२, २०७७ बिहिबार २३:३५:३४
२२ माघ, विराटनगर । अन्धविश्वासमा परेर विराटनगरका एक परिवारले रु ५० हजार गुमाएका छन् भने घरधनीकी छोरी पनि बेपत्ता भएकी छन् । यही माघ १० गते तिम्रो घरमा सुन गाडिएको छ, म धामी हुँ भन्दै विराटनगर महानगरपालिका–१९ का दिनेश मण्डलले वडा नं ४ का ध्रुवनरायाण माझीको आमासँग रु ५० हजारसहित उनकी २४ वर्षीय छोरी गजेश्वरी माझीलाई पनि बेपत्ता बनाएको पीडितकी छोरा ध्रुवनारायण माझीले आज यहाँ पत्रकार सम्मेलन गरेर आरोप लगाए ।
घरको पैसा र बहिनीसमेत बेपत्ता भएपछि प्रहरीमा उजूरी दिएको र सो उजूरीको अहिलेसम्म सुनवाइ नभएको उनको आरोप छ । समाजमा धामीझाँक्रीको नाममा ठगी गर्ने यस्ता अपराधीलाई हदैसम्मको कारवाही हुनुपर्ने उनको भनाइ छ ।
आफू घरमा नभएको बेलामा मेरी आमालाई ललाइफकाई गरेको यस्तो कर्तुतबाट सम्पत्तिसहित बहिनी पनि हराएको पत्तो आफूले दुई दिनपछि मात्र थाहा पाएको बताउँदै उनले थाहा पाउने वित्तिकै प्रहरीमा उजूरी दिएको जानकारी दिए ।
आमालाई अनेक कुरा गरेर मोहित पार्न सफल धामी मण्डलले कलाजादु जस्तै एउटा औँठी घरबाट निकालेको र यही लोभमा परेर आमाले रु ५० हजार धामीलाई दिएको उनले बताए । धामीले भने अनुसारको सुन निकाल्न भनेपछि धामी भागेको बताइएको छ ।
धामीले बाहिर पूजा गर्नुपर्छ र कुमारी कन्या पनि चाहिन्छ भनेर गजेश्वरीलाई लिएर भागेको धामी अहिलेसम्म पत्तो नलागेको र प्रहरीले पनि जाहेरी कर्ताको उजूरीमा ध्यान नदिएको माझीको आरोप छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपवैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
जेठ ७, २०८१ सोमबार
अवैध लागूऔषधसहित चार जना पक्राउ
जेठ ६, २०८१ आइतबार
संसदीय इतिहासमा कलंकित दिन, २०८१ साल जेठ ७ गते
जेठ ७, २०८१ सोमबार
तपाईको आजको राशीफल कस्तो छ ?
जेठ ७, २०८१ सोमबार
राखेपद्वारा मिसन २०२६ मा पाँच खेल थप
जेठ ७, २०८१ सोमबार
देशभर १४ प्रतिशत स्वास्थ्य उपकरण जडान भएनन्
जेठ ७, २०८१ सोमबार
भारतको छत्तीसगढमा सडक दुर्घटना हुँदा १८ जनाको मृत्यु
जेठ ७, २०८१ सोमबार
मनास्लु क्षेत्रमा दुई करोड ५० लाख राजस्व सङ्कलन
जेठ ७, २०८१ सोमबार
बागमती प्रदेश सभा बैठक : विनियोजित बजेटको सिद्धान्तमाथि छलफल
जेठ ७, २०८१ सोमबार