नयाँ पुस्तालाई पत्रकारिताको भोक जगाउँदै महासङ्घ
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार १९:८:३१
२६ माघ,बलेवा । आउने पछिल्यो पुस्तालाई मध्यनजर गर्दै वातावरण पत्रकार महासङ्घ बागलुङ शाखाले पत्रकारिताको तालीम सञ्चालन गरेको छ । पत्रकारिताको भोक जगाउने उदेश्यका साथ शाखाले उक्त तालीम सञ्चालन गरेको हो ।
बागलुङ नगरपालिका–८ सिगानाकी कृति थापा कानूनको विद्यार्थी हुन । अध्ययन गरेको विषयलाई फर्केर हेर्दा उनको भविष्यको मुख्य काम उभिएर बहस पैरवी गर्ने हो तर उनलाई उभिएर बोल्न भनेपछि उभिनु पहिले नै हातगोडा सेलाएजस्तै हुन्थ्यो ।
शाखाले सञ्चालन गरेको पाँच दिने पत्रकारिता तालीममा कृति पनि सहभागि भईन् । अहिले कृतिको धेरै मान्छेका अगाडि उभिदासमेत हात काप्दैन् । खुट्टा लुलिएको जस्तो पनि लागेको छैन् । उनी निर्धक्क का साथ बोल्न सक्छिन् ।
कृतिसंगै ४० युवायुवतिका लागि बोल्ने र लेख्ने सिक्ने अवसर पाएका छन् । कोरोना महामारीपछिको संक्रमणका कारण भएका पत्रकारकै पेशागत सुरक्षाका लागि पौठेजोजी खेलिरहेको महासङ्घले नयाँ पत्रकार पेशामा प्रवेशको अभियान चलाएको छ ।
बागलुङ नगरपालिकाको साथ महासङ्घलाई छ । पाँच दिवसीय निःशुल्क पत्रकारिता तालीममा बागलुङका अनुभवी पत्रकारको प्रशिक्षण लिएका युवायवतीले समापनमा आशाको सन्देश प्रवाह गरेका छन् ।
तालीम सकिएपछि तालीममा सहभागीहरुले आयोजकलाई धन्यवाद दिएका छन् । पत्रकार महासङ्घका अध्यक्ष दिल शिरीषले योग्य पत्रकारलाई जहाँ पुग्दा पनि खोसाखोस हुने गरेको बताएका छन् । आधारभूत तालीममा पत्रकारिताका सबै पक्षको सामान्य जानकारी दिँदा मात्रै अहिलेको पुस्ताले त्यसको गहन अध्ययन आफै गर्नसक्ने उनको बुझाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी प्रदेश सांसद दुर्गा चौधरी एमालेबाट निलम्बित
मंसिर ११, २०८१ मंगलबार
लुम्बिनीको समग्र विकासका लागि आयोजना बैंक स्थापना हुँदै
मंसिर ११, २०८१ मंगलबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
प्रशासन कार्यालयमै थन्किए २७ हजार राष्ट्रिय परिचयपत्र
मंसिर १२, २०८१ बुधबार
जनसङ्ख्या र विकासका विषयमा छलफल गर्न ३० देशका प्रतिनिधि काठमाडौंमा
मंसिर १२, २०८१ बुधबार
प्रधानमन्त्री ओलीसँग फिनल्याण्डका मन्त्री ताभियोको शिष्टाचार भेट
मंसिर १२, २०८१ बुधबार
कांग्रेस एकताबद्ध भएर जनतामाझ जानुपर्छ : प्रवक्ता डा महत
मंसिर १२, २०८१ बुधबार
सत्ता सम्हाले लगत्तै ट्रम्पले समलिङ्गी सैनिकलाइ हटाउने दावी
मंसिर १२, २०८१ बुधबार