अब सिटिजन्स बैंकबाट ऋण लिन सजिलो !
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २१:४५:३५
२६ माघ, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कर्मभुमी समाज बीच सम्झौता भएको छ । सहुलियतपूर्ण कर्जा तथा लघु, साना र मझौला उद्यमहरूलाई सहयोग गर्ने सम्झौता भएको जनाइएको छ ।
सिटिजन्स बैंक लघु, साना तथा मझौला उद्यमीहरुको वित्तीय पहुँचमा वृद्धि तथा समग्र अर्थतन्त्रको विकासको गर्नका लागि विभिन्न सुविधाहरू र सेवाहरू उपलब्ध गराउन सधैं अग्रसर रहेको छ । दिगो विकासको लागि लघु, साना तथा मझौला उद्यमीहरुलाई उचित वित्तीय कारोबार अभ्यासको अनुसरण गर्न र देशको कानून, नियमनको पालना गर्न बैंकले सदैव मद्दत गर्दै आएका छ ।
नेपालीे जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहज होस् भन्ने उदेश्यका साथ बैंकले सम्झौता गरेको जनाएको छ । मिहिनेत गर्न सक्ने उमेर, जोश, जागर, आर्जित सिप, प्रविधिलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यो काम थालिएको बैंकले जनाएको छ ।
कर्मभुमी समाजले व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुने, नीति, नियम र प्रणालीसंग परिचित नहुने, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुने, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लघु, साना तथा मझौला उद्यमीहरुले भोग्नु परेको समस्याहरुलाई समाधान गर्न सहजकर्ताको भुमिका निर्वाह गर्नेछ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
कृषि, घरेलु तथा साना उद्यम लगायतका व्यवसाय सञ्चालनमा कर्जा प्रवाह बढाउँदै उत्पादन तथा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित महिला उद्यमशीलता कर्जा, व्यवसायिक कृषितथा पशुपन्छी कर्जा, शिक्षितयुवा स्वरोजगार कर्जा, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा लगायतका सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई सफल बनाउन यस बैंकले विभिन्न योजना संचालनमा ल्याएको छ ।
राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशै भरी छरिएका शाखाहरुबाट विभिन्न शिर्षकमा हालसम्म करिब १५०० जनालाई करिव १ अर्व ५० करोड सहुलियत कर्जा प्रवाह गरिसकेको छ । साथै नेपाल राष्ट्र बैंकको नीति अनुरुप बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध सहुलियतपूर्ण कर्जा उपभोग गरी आफ्नो व्यवसाय विस्तार गर्नको लागि बैंकका प्रमुख कार्यकारी अधिकृतबाट अनुरोध गरिएको कुरा प्रवक्त उमंग शर्माले जानकारी दिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुमारी बैंकका ग्राहकले भिजन कार्ट क्लिनिकबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउने
मंसिर १४, २०८१ शुक्रबार
सामाजिक उद्यमशीलता प्रवर्द्धनमा सक्रिय नबिल एसएसईको तेस्रो वार्षिक उत्सव
मंसिर १२, २०८१ बुधबार
एनआइएमबीको संस्थापक शेयर बिक्रीमा
मंसिर १२, २०८१ बुधबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
स्थानीय तह उपनिर्वाचनः शान्तिपूर्ण रूपमा मतदान हुँदै
मंसिर १६, २०८१ आइतबार
कीर्तिपुरका २० स्थानमा उत्साहपूर्वक मतदान जारी
मंसिर १६, २०८१ आइतबार
अचानकको चक्रावतले श्रीलंकामा लियो १७ को ज्यान
मंसिर १६, २०८१ आइतबार
ट्रम्पका रक्षा सचिव माथि यौन शोषणको आरोप
मंसिर १६, २०८१ आइतबार
प्रिमियर लिगमा वेस्टह्यामविरूद्ध आर्सनलको फराकिलो जित
मंसिर १६, २०८१ आइतबार
बार्सिलोना पाल्माससँग २-१ गोलले पराजित
मंसिर १६, २०८१ आइतबार