दुर्लभ घटना : चौथो पटक अप्रेशन गरेर जन्मियो बच्चा
नेपालबहस संवाददाता
माघ २६, २०७७ सोमबार २२:१३:३७
२६ माघ, काठमाडौं । निकै जटिल मानिने चौथौ सिजरिङ (अप्रेशन)बाट नर्भिक अस्पतालमा बैतडीकी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन् ।
वरिष्ठ प्रशुति तथा स्त्री रोग बिशेषज्ञ एवम् ल्याप्रस्कोपिक सर्जन डा.नुतन शर्माले शुक्रबार नर्भिक अस्पतालमा बैतडीकी ३७ वर्षिय निरा बोहोराको चौथौ शल्यक्रियामार्फत प्रसूति गराएकी हुन् ।
पहिलो र दोश्रो पटक प्रसुती गृहमा सिजरिङबाट जन्मिएका बच्चाहरू खेर गएका थिए । बोहराको तेस्रो पटक पनि सिजरिङबाट बच्चा जन्मिएको थियो । तेश्रो पटक बच्चा जन्माउँदा पनि डा. शर्माले नै बोहोराको शल्यक्रिया गरेकी थिइन् ।
सामान्यतः एकपटक शल्यक्रियामार्फत प्रशुति भएमा आमा र बच्चाको स्वास्थ्यमा जोखिम हुने भएकाले अर्काे पटक पनि सिजरिङबाट नै प्रशुति गराउनु सुरक्षित मानिने चिकित्सकको भनाई छ ।
‘मलाई चौथो पटक पनि सिजरिङबाट बच्चा जन्माउन सकिन्छ भन्ने थाहा थिएन । तर अहिले म साह्रै खुशी छु । दुई पटकसम्मको खेर गएको थियो ।’ उनले भनिन्, ’तेस्रो पटक बच्चा भएपछि मलाई हुँदैन भन्ने लागेको थियो । डा.नुतनको मिहिनेतले मैले दुई सन्तान पाए । उहाँ मेरा लागि भगवान जस्तै हुनुभएको छ ।’
चौथो पटक सिजरिङ गरेर बच्चा जन्मिनु नेपालको स्वास्थ्य विज्ञानको क्षेत्रमा दुर्लभ घटना रहेको डा.नुतन शर्माको भनाइ छ ।
‘सामान्यतः नर्मल डेलिभरीबाट बच्चा जन्मिनु आमाको स्वास्थ्यका लागि राम्रो हो तर गर्भावस्थामा बच्चाको स्वास्थ्य अवस्था, आमाको स्वास्थ्यमा देखिएको जोखिम जस्ता कुराको आँकलन गरेर बाध्यात्मक अवस्थामा हामीले शल्यक्रियाबाट प्रशुति गराउदँछौ ।’ डा. शर्माले भनिन्–‘तर तेस्रो पटक शल्यक्रिया भएका महिलाले बच्चा पाउन सक्दैनन् भन्ने मान्यतालाई गलत सावित गर्दै हामीले सम्भव बनाएका छौ ।’
डा. शर्माका अनुसार दुईवटा बच्चा खेर गएपछि तीन वर्षअघि उनी बच्चा जन्माउने योजना लिएर नर्भिकमा आएकी थिइन् । उनको तेश्रो बच्चा सफलतापूर्वक जन्मियो ।
‘उहाँलाई चौथो पनि जन्माउने रहर एवं पारिवारिक बाध्यता थियो ।’डा. शर्माले भनिन्,’सामान्यतया तीन पटकसम्म सिजरिङ हुन्छ । तर कतिपय अवस्थामा यो भन्दा पनि बढि हुनसक्छ भन्ने प्रमाणित भएको छ ।’ अहिले आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. शर्माले बताइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
वैद्यखानाले सक्दो औषधिको उत्पादन गरोस, बजारको जिम्मा मन्त्रालयले लिन्छः स्वास्थ्यमन्त्री
कात्तिक १४, २०८१ बुधबार
विराटनगरस्थित शैलजा आचार्य हृदय रोग केन्द्रको स्तरोन्नति गरिने
कात्तिक १३, २०८१ मंगलबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
कात्तिक १६, २०८१ शुक्रबार
हङकङ सिक्सेस प्रतियोगिताः नेपालद्वारा अष्ट्रेलिया ११ रनले पराजित
कात्तिक १७, २०८१ शनिबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
कात्तिक १६, २०८१ शुक्रबार
कार्तिक शुक्ल प्रतिपदा : विधिपूर्वक गरियो गाई पूजा
कात्तिक १७, २०८१ शनिबार
क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले हार्यो नेपाल
कात्तिक १७, २०८१ शनिबार
तिहारमा फेरियो देउसीभैलोको स्वरूप
कात्तिक १७, २०८१ शनिबार
प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
कात्तिक १७, २०८१ शनिबार
बाढीपहिरो पीडितलाई न फूल न बत्तीको झिलिमिली
कात्तिक १७, २०८१ शनिबार
गाउँमा गाई देखिन छाडे, गोरु पनि भेटिँदैनन
कात्तिक १७, २०८१ शनिबार