डोटीको रुपसकाँडामा प्याराग्लाइडिङको आकर्षण बढदो
नेपालबहस संवाददाता
माघ २७, २०७७ मंगलबार २३:३१:२३
२७ माघ,डोटी । डोटीको जोरायल गाउँपालिका–२ रुपसकाँडामा प्याराग्लाइडिङ सञ्चालन भएपछि पर्यटकको आर्कषण बढ्दै गएको छ । बुडर र रुपसकाँडाका डाँडामा प्याराग्लाइडिङ शुरु गरिएपछि आन्तरिक पर्यटक तथा प्याराग्लाइडिङ गर्नेको आकर्षण बढ्न थालेको छ ।
कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायतका क्षेत्रका स्थानीयवासीको रोजाइँमा प्याराग्लाइडिङ पर्न थालेपछि भीड बढ्न थालेको छतिवन पर्यटन प्रर्वद्धन तथा संरक्षण विकास समितिले जनाएको छ ।
अहिले दैनिकजसो सात÷आठजना आन्तरिक पर्यटकले दैनिक प्याराग्लाइडिङ उडान भर्ने गरेको छ । कम्तीमा पनि २० मिनेटको उडान अवधि रहेको उक्त प्याराग्लाइडिङ उडानमा बुडर, छतिवन, रुपसकाँडा, बाजीलेक तथा डडेल्धुरा जिल्लाका भित्री मधेशमा रहेका पर्यटकी क्षेत्रको अवलोकन पनि सहजै गर्न सकिने भएकाले प्याराग्लाइडिङ उडान भर्न आन्तरिक पर्यटक बढी आउन थालेका छन् ।
प्याराग्लाइडिङका लागि रु चार हजार टिकट तोकिएको छ भने रुपसकाँडामा अहिले दैनिक दुई वटा प्याराग्लाइडिङ टेण्डमबाट उडान सञ्चालन भइरहेको छ । छतिवन पर्यटन प्रर्वद्धन तथा संरक्षण विकास समिति तथा स्काइलाइन प्रालि पोखराले पर्यटकलाई प्याराग्लाइडिङ गराउँदै आएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुडु बन्चु प्रचारप्रसार र संरक्षण अभावले ओझेलमा
जेठ ६, २०८१ आइतबार
हुम्लाका तीन बस्ती अन्धकारमा बस्न बाध्य
जेठ १, २०८१ मंगलबार
अवनतिको बाटो फेर्न लागेको राजनीति र सुरक्षा चासो
सुबोधकुमार अधिकारी
जेठ ४, २०८१ शुक्रबार
विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा स्कुलमा आगलागी
नेपालबहस संवाददाता
जेठ ४, २०८१ शुक्रबार
हावाहुरीले उदयपुरमा करोडौँको क्षति
जेठ ६, २०८१ आइतबार
ट्राफिक प्रहरी जवानको हत्या आरोपमा ६ जना पक्राउ
जेठ ६, २०८१ आइतबार
कांग्रेस संसदीय दलको बैठक बस्दै
जेठ ७, २०८१ सोमबार
आइपिएलको प्लेअफको समीकरण पुरा, पहिलो क्वालिफायरमा कोलकोता र सनराइजर्स खेल्ने
जेठ ७, २०८१ सोमबार
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची
जेठ ७, २०८१ सोमबार
मानसरोवर यात्राः रसुवागढी नाकामा बढ्याे चहलपहल
जेठ ७, २०८१ सोमबार
म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि
जेठ ७, २०८१ सोमबार
दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी
जेठ ७, २०८१ सोमबार