प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु
नेपालबहस संवाददाता
माघ २७, २०७७ बुधबार १:२०:४३
२७ माघ, काठमाडौं । वालिङमा प्रविधिको प्रयोग गरी दुनाटपरी बनाउने तालिम शुरु भएको छ ।
वालिङ नगरपालिका वडा नम्वर ८ छेउडाँडा तालिमको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्थानीय स्रोत साधनको सही उपयोग गर्ने रणनीतिलाई नगरपालिकाले जोड दिएको बताए । उनले भनिन् “स्थानीय स्रोतको सही र दीगो उपयोगले मात्रै आर्थिक प्रगती सम्भव छ ।”
स्थानीय स्तरमा सहजै पाइने कच्चा पदार्थको प्रयोग गरी दुनाटपरी बनाउन सकिने भन्दै नगर उपप्रमुख तिवारीले प्लाष्टिकजन्य उपभोगलाई क्रमश कम गर्दै लैजानु पर्नेमा जोड दिइन् ।
कोभीड १९ को प्रभावका कारण धेरैको रोजगारी गुमेको बताउदै तिवारीले भनिन्,“अव आफै स्वरोजगार बन्नेगरी अगाडि बढ्नुहोस् नगरपालिकाले सहयोग गर्छ”
वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत व्यवसायीक रुपमा दुनाटपरी उत्पादन गर्ने लक्ष्यका साथ तालिम शुरु भएको हो । तालिममा स्थानीय छेउडाँडा शील्पकला समूहले सहजीकरण गरिरहेको स्थानीय समाजसेवी तथा कार्यपालिका सदस्य गीता रणपालले जानकारी दिइन् ।
कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले स्थानीय उत्पादन दुनाटपरीको वालिङमा राम्रो सम्भावना रहेको बताए । नयाँ कामको थालनी प्रति पंशसा गर्दै अधिकृत ज्ञवालीले कोभिड १९ को कारण रोजगारी गुमाएकाहरुलाई स्वरोजगार बनाउनको लागि गतिलो उदाहरण हुने भनाई राखे । सामुहिक रुपमा काम गर्दा आम्दानी धेरै लिन सकिने ज्ञवालीको भनाई छ ।
कार्यक्रममा बेल्दै वडा नम्वर ८ का अध्यक्ष कमल प्रसाद सुवेदीले वडाको तर्फबाट व्यवसायीक उत्पादन गराउनको लागि निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले उत्पादन गरेको सामान बजारसम्म पुर्याउनका लागि सहजीकरण गर्ने बताइन् । आफूहरु गाँउगाँउमा उत्पादन बढाउनेसँगै बजारीकरणमा समेत जोड दिँदै आएको अध्यक्ष तिवारीको भनाई छ ।
सो अवसरमा नगरकार्यपालिका सदस्य युगमाया पंगेनी, युवा समाजसेवी लीलबहादुर रणपाल, दियालो युएनडिपीका कार्यक्रम प्रमुख राधाकृष्ण डुम्रे लगायतले बोलेका थिए ।
तालिममा ३० जनाको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने तालिममा सुकुना थापाले प्रशिक्षण दिने संस्थाले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मी र ‘लू’ ले जनजीवन कष्टकर
बैशाख २५, २०८१ मंगलबार
नेपालगञ्ज मेडिकल कलेजको शेयर संरचना परिवर्तन, अध्यक्षमा व्यवसायी खुमा अर्याल सर्वसम्मत
बैशाख १९, २०८१ बुधबार
गर्मीको जोखिममा रहेकालाई सचेत गराइँदै
बैशाख १८, २०८१ मंगलबार
आइतबार नै नेकपा एस विभाजन गराउने रणनीति थियो, संख्या नपुग्दा रोकियो
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
दुई महिना कै बीचमा इलाम र सिराहाका प्रहरी प्रमुख फेरिए
नेपालबहस संवाददाता
बैशाख २४, २०८१ सोमबार
ओली भष्मासुर हुन, सिध्याउनुपर्छ भन्थे, उनैलाई सिध्याए
केदार भट्टराई (काका)
बैशाख २४, २०८१ सोमबार
नयाँ जसपा दर्ता गर्न किन हतारिए प्रमुख आयुक्त थपलिया ?
बैशाख २५, २०८१ मंगलबार
आज यी ठाउँहरुमा मेघगर्जनसहित वर्षाको सम्भावना
बैशाख २५, २०८१ मंगलबार
तपाईको आजको राशीफल कस्तो छ ?
बैशाख २५, २०८१ मंगलबार
मेक इन नेपाल–स्वदेशी सम्मेलन : ३५ बुँदे घोषणापत्र जारी
बैशाख २५, २०८१ मंगलबार
नुवाकोटमा स्कुल बससँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, दुई घाइते
बैशाख २५, २०८१ मंगलबार
बझाङमा चट्याङ लागेर चार जना घाइते
बैशाख २५, २०८१ मंगलबार
गाडीको ठक्करबाट भक्तपुरमा पैदलयात्रीको मृत्यु्
बैशाख २५, २०८१ मंगलबार
वीरगञ्जबाट स्रोत नखुलेको १३ लाख १५ हजार रकमसहित एकजना पक्राउ
बैशाख २५, २०८१ मंगलबार
अमेरिका लैजाने भन्दै एक करोड १८ लाख ठगी गर्ने चौधरी पक्राउ
बैशाख २५, २०८१ मंगलबार